मेवा खानु स्वास्थ्यका लाग फाइदै-फाइदा

मेवा खानु स्वास्थ्यका लाग फाइदै-फाइदा
+
-

हामी मौसम अनुसार विभिन्न फलफूल खाने गर्छौ। गर्मी मौसममा सितलता प्रदान गर्ने र जाडोमा सोही अनुरुप फलफूल खाँदै आएको छौँ। उक्त फलफूलले मानिसको शरिरीरमा फाइदा गर्नुका साथै विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्दछन् । ती फलफूलहरु मध्य मेवा पनि एक हो।

सामान्यतया मेवालाई फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘ए’ र ‘सी’ को खानी भएको अद्भूत फल भनेर पनि चिन्‍ने गरिन्छ। जसलाई मानिसले एकदमै मिठो मानी-मानी खाने गर्दछन् र जसको सेवनका कारण शरीरमा धेरै फाइदाहरु हुने गर्छ। त्यसैले त मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनका मानिन्छ।

मेवाका फाइदाहरु
आँखाको लागि उपयोगी – मेवामा भिटामीन ‘ए’ प्रशस्त पाइने हुँदा यसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्दछ ।

रोग प्रतिरोधक क्षमता बढाउने – मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ ।

क्यान्सरको प्रतिरोध – मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरिरको कोषहरुलाई मर्न दिंदैन । जसले गर्दा क्यान्सरको सम्भाबना कम हुन्छ ।

कोलस्ट्रोल घटाउँछ – मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘ए’ ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरिरमा भएको कोलस्ट्रोल नष्ट गर्ने काम गर्दछ ।

तौल घटाउन मद्दत गर्छ – शरिरको तौल बढेर हैरान भएका व्यक्तिहरुका लागि मेवाले तौल घटाउन केही हदसम्म सहयोग गर्दछ । यसमा भएको फाइबर तत्वले ट्वाइलेट जाँदा पेट सफा बनाउने भएकाले तौल घटाउन केही हदसम्म मेवाले सहयोग गर्दछ ।

मधुमेह रोगीलाई फाइदा – मेवा सेवन गर्दा गुलियोको तिर्सना पनि मेटिने तथा यसमा सुगरको मात्रा अति न्यून हुनाले मधुमेह रोगीलाई मेवा अत्यन्त्यै उपयोगी हुन्छ।

पाचन शक्ति बलियो – मेवाको नियमित सेवन गर्नाले हाम्रो पाचन क्रियामा सक्रिय हुने वा यसमा रहेको फाइबर तत्वले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्दछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?