सिके राउतद्वारा ११ बुँदे सम्झौताको उल्लंघन

सिके राउतद्वारा ११ बुँदे सम्झौताको उल्लंघन
+
-

काठमाडौं-सिके राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको उल्लंघन गरेका छन् । शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेका हुन् ।

आइतबार दिउँसो काठमाडौंबाट जनकपुर पुगेका राउतलाई उनका समर्थकले विमानस्थलमा पुरानै झण्डा देखाएर स्वागत गरेका हुन् ।राउतलाई विमानस्थलमा स्वागत गर्न पुगेका झण्डै तीन सय कार्यकर्ताले ‘फ्रि मधेस’को ब्यानरर र ज्याकेट लगाएका थिए ।

सरकारसँग ११ बुँदे सहमति गर्दै विखण्डनकारी गतिविधि त्यागेको घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै राउतका कार्यकर्ता स्वतन्त्र मधेसका लागि तयार पारिएको सामाग्री प्रयोग गरेका हुन् । सरकारसँग भएको सम्झौताको ६ नम्बर बुँदामा स्वतन्त्र मधेस गठबन्धनका लागि तयार पारिएको सामाग्री प्रयोग नगर्ने उल्लेख छ ।

साथै बुँदा नम्बर -६ मा भनिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन।’

यसअघि राउतले सरकार स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्न तयार भएको दाबी गरेका थिए । सम्झौताको-२ नम्बर बुँदामा उल्लेख भएको जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट तराई मधेसमा देखिएको असन्तुष्टिलाई समाधान गरिने भन्नुको अर्थ जनमत संग्रह भएको उनको दाबी थियो ।

तर आइतबार सम्झौताबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री राबहादुर थापा बादलले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’को अर्थ जनमत संग्रह नभएको जिकिर गरेका छन् । उनले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को अर्थ जनमत संग्रह लगाउने हो भने ११ बुँदे सम्झौता तोडिने चेतावनी दिएका छन् ।

सबै तस्विरहरु : सुरेन्द्र सिंह

यो पनि पढ्नुहोस्

राउत-ओली मितेरी: विखण्डनलाई वैधानिकता

राउत-ओली मितेरी: विखण्डनलाई वैधानिकता

अनावश्यक प्रचार गरे सीके राउतसँगको सहमति तोडिन सक्छः गृहमन्त्री

अनावश्यक प्रचार गरे सीके राउतसँगको सहमति तोडिन सक्छः गृहमन्त्री

‘सरकारले सीके राउतसँग आत्मसमर्पण गरेको होइन’

‘सरकारले सीके राउतसँग आत्मसमर्पण गरेको होइन’

सिके राउतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन सांसदहरुको माग

सिके राउतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन सांसदहरुको माग

मधेस आन्दोलनको प्रतिवेदनबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

मधेस आन्दोलनको प्रतिवेदनबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रदेश-५मा सिके राउतसँगको सहमति र विप्लवको पार्टीबारे सांसदले मागे जवाफ

प्रदेश-५मा सिके राउतसँगको सहमति र विप्लवको पार्टीबारे सांसदले मागे जवाफ

सिके राउतलाई शंका नगर्नुस्ः प्रधानमन्त्री ओली

सिके राउतलाई शंका नगर्नुस्ः प्रधानमन्त्री ओली

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?