
काठमाडौँ – भारतको नँया दिल्लीमा सम्पन्न अन्तरास्ट्रिय ज्योतिष सम्मेलनमा नेपालका दुईजना ज्योतिषलाई सम्मानित गरिएको छ ।
नेपालमा ज्योतिष सेवामा लामो समयसम्म योगदान पुर्याएको भन्दै धनगढीका ज्योतिष मनिराज जोशी र खेम मिश्र सम्मानित भएका हुन् ।
जोशीलाई ‘ज्योतिष ज्ञानाचार्य स्वर्ण पदक’ बाट सम्मानित गरिएको हो भने मिश्र स्वर्ण पदकसहित ‘ज्योतिष भूषण’ पदवीबाट सम्मानित भएका हुन् ।
अन्तराष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल र भारतसहित २१ देशका ज्योतिषहरु सहभागी थिए ।