
+-काठमाडौँ-गर्मीयाम शुरु भएसँगै बजारमा खर्भुजाको व्यापार बढ्न थालेको छ। खर्भुजा गर्मिको मौसममा धेरैले मनपराउने फल हो। हामीले फलफुल खाँदा त्यसका फाइदाको बारेमा जान्नु पनि राम्रो हुन्छ।
हामी धेरैले खर्भुजा खाँदा त्यसको बियाँ फाल्ने गरेका छौँ। तर खर्भुजाका बियाँ स्वास्थ्यका लागि धेरै फाईदा जनक मानिन्छ।
खर्भुजाका बियाँमा अत्यधिक मात्रामा न्युट्रेसन, प्रोटिन र मिनरल्स पाइन्छ। जसले शरीरलाई स्वस्थ राख्नुका साथै विभिन्न रोग लाग्नबाट रोक्न मद्दत गर्दछ। जसका लागि खर्भुजा खाँदा यसका बियाँलाई राम्ररी चपाउनु पर्दछ।
खर्भुजाका दाना फाइदाहरु
मुटु रोग
मुटुका लागि खर्भुजाको बियाँ लाभदायक हुन्छ। यसमा पाइने ल्याकोपिन नामक तत्वले मुटु रोग लाग्नबाट बचाउनुका साथै मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।
पाचन प्रणाली
खर्भुजाको बियाँमा पाइने फाइवरले पाचन प्रणालीलाई स्वस्थ राख्न मदत गर्दछ। दानाको सेवन पाचनमा समस्या हुने व्यक्तिका लागि लाभदायक हुन्छ।
क्यान्सरको रोकथाम
खर्भुजाका दानाले क्यान्सरको सम्भावनालाई कम गर्न मदत गर्दछ। खानाको कारण मानिसको शरीरमा उत्पन्न हुने अनावश्यक कोषको मात्रालाई नियन्त्रण गरी क्यान्सरको खतरा कम गर्छ।
हाडजोर्नी
धेरै मानिसहरुमा हात खुट्टाका जोर्नी दुख्ने समस्या हुन्छ। यसका बियाँको सेवनले गर्दा दानामा पाइने तत्वका कारण उक्त समस्या कम हुने गर्दछ।
ब्लड प्रेसर
खर्भुजाका बियाँको सेवनले ब्लड प्रेसरलाई नियन्त्रनमा राख्न मदत गर्दछ।
स्नायू प्रणाली
यसमा पाइने भिटामीन ‘बी’ का कारण स्णायु प्रनालीलाई राम्रोसँग काम गर्न मदत गर्दछ।
मधुमेह
१ लिटर पानीमा केही खर्भुजाका बियाँ करिव ४५ मिनेट उमालेर दैनिक रुपमा पिउनाले केही हदसम्ममा मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ।