किन भयो कांग्रेस नेता सिटौलालाई अल्सर?

किन भयो कांग्रेस नेता सिटौलालाई अल्सर?
+
-

काठमाडौँ— नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री कृष्ण सिटौला यतिबेला अस्पतालमा भर्ना भई अल्सरको उपचार गरिरहेका छन्।

मधुमेह र मुटुको समस्या झेलिरहेका सिटौलालाई सानो आन्द्रामा अल्सर समेत देखा परेपछि उनको अस्पताल बसाइ लम्बिने देखिएको उनको उपचारमा संलग्न चिकित्सक बताउँछन्।

अल्सरका कारण सिटौलाको शरीरमा आन्तरिक रक्तश्राव देखा परेको थियो।

सहयोगी किरण सिटौलाका अनुसार नेता सिटालालाई एक महिना अगावैदेखि त्यस्तो समस्या देखिएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन्।

खासगरी अल्सरलाई खराव खानपान र खाना खाने शैलीले उव्जाउने समस्याका रुपमा लिइन्छ।

चिल्लो, पिरो, मसलेदार, तारेको तथा भुटेको खाना खाने र लामो समय खाली पेट राख्ने अनि एकै पटक धेरै खाने बानीका कारण अल्सर देखा पर्ने गरेको बताइन्छ ।

तर, सिटौला साकाहारी र सात्विक भोजन गर्दै आएका नेता हुन्। आखिर किन भयो उनलाई अल्सर?

ग्यास्ट्रोइन्ट्रोलोजिष्ट डा. निरज जोशीकाअनुसार अल्सरसँग मुख्यरुपमा गलत खानपानसँगै ‘एन्जायटी’ अर्थात चिन्ता या तनाव पनि जोडिएको छ।

व्यक्तिगत, पारिवारिक र पेशागत कामबारे नकारात्मक सोचिरहने, दौडधूप बढी गर्ने, कम सुत्ने र महत्वाकांक्षी धेरै बन्न खोज्नु ‘एन्जायटी’ हो।

‘एन्जायटी’ का कारण मानिसको छाती वा नाभी तह दुख्ने र विस्तारै त्यसको असर सानो आन्द्रामा पर्ने गरेको चिकित्सकको भनाइ छ।

त्यस्ता मानिसलाई खाली पेटमा पनि दुखाइ महशुस हुन्छ भने खाना खाइसकेपछि पनि आराम मिल्दैन। खानापछि पनि पेट पोल्ने, बेचैनी हुने, वाकवाकी लाग्ने, कालो दिसा आउने, आन्तरिक रक्तश्रापको समस्या देखिने गर्छ।

नेता सिटौलाका एक निकट व्यक्तिका अनुसार सिटौला पछिल्लो समय चिन्ताग्रस्त जीवन बिताइरहेका थिए।

चिकित्सकले उनलाई चिन्ता नगर्न, आराम गर्न, ध्यान गर्न र शारीरिक व्यायमसँगै फुर्तिलो बन्न पटकपटक सुझाव समेत दिएका थिए।

तर पनि उनको राजनीतिक भागदौडमै उनको समय व्यतित हुन थालेपछि उनलाई अल्सर देखा परेको हुन सक्ने उनको उपचारमा संलग्न एक चिकित्सकले बताए।

सिटौलाको मुटुमा समस्या देखिनुको कारणमा चिन्ता पनि रहेको अनुमान चिकित्सकले गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?