
प्राय: मानिसहरु आफूलाई पेट भर्नकै लागि भए पनि केही न केही खाइ हाल्ने बानी गरेका हुन्छन्। तर महिला र बालबालिकाका लागि जहाँ पायो त्यही जे पायो त्यही खानु स्वास्थ्यको लागि निक्कै हानिकारक र खतरनाक हुन सक्ने अनुसन्धानले देखाएको छ।
प्रिभेन्टिभि मेडिसिन रिपोर्टले निकालेको एक प्रतिवेदन अनुसार खास गरी महिलाहरुले खानामा बढी ध्यान दिनु पर्ने बताइएको छ जसमा उनीहरु शरीरलाई चाहिने पौष्टिक तत्वहरु (भिटामिन, मिनरल्स र खनिज पदार्थहरु) मन पराउनुको साट्टो जंग फूडमा बढी आर्कषित भइरहेकाले स्वास्थ्यको लागि असर मात्रै होइन घातक र खतरनाक मानिएको छ।
उक्त रिपोर्टमा भनिएको छ, ‘ अहिलेको जमानामा सजिलो तरिका, छिट्टै आकर्षित भएकाले महिलाहरुमा जंकफूडले बढी नोक्सानी पुर्याउन सक्ने देखिन्छ।खासगरी ग्रामिण महिलाहरुमा अशिक्षा, बेरोजगारी र चिल्लो पिरो बढी मन पराउने कारणहरु रहेका छन्। ‘
यस्तै रिपोर्टमा सहरिया महिलाहरुमा समेत प्राय: पिज्ज, बर्गर, फ्रेन्च फ्राइ लगायतका लत लागेको छ, जसका कारण उनीहरुको स्वास्थ्यलाई घातक हुन सक्ने औल्याइएको छ।
यसका साथै गर्भवती महिला र बालबालिकमा जंक/फास्ट फूडले बढी हानी नोक्सानी पुर्याउने अनुसन्धानले देखाएको छ। ती यस प्रकार छन्।
१.सुगरी ड्रिंग्स
२.पिज्जा
३. बर्गर
४.सेतो ब्रेड
५.फ्रुट र जुस्
६.रसायनिक मललमा उत्पादित फलफूल र तेल
७.कृत्रिम मह
८.पास्ता, कुकीज र केक
९. फ्रेन्च फ्राइ र पट्याटो चिप्स्
१०. कम फ्याट भएको दही
११.आइसक्रिम
१२क्याण्डी बार्स
१३. तयारी मासु
१४. तयारी चीज
१५.हाइ क्यालोरी कफी
१६. तेलमा झानेको/पकाइएको तरकारी, मासु
१७. प्याकिङ र तैयारी चाउचाउ वा खाना