योगकै कारण गर्दनको रक्तनली च्यातिएर स्ट्रकको पीडा भोगिन् यी ४० वर्षीयाले

योगकै कारण गर्दनको रक्तनली च्यातिएर स्ट्रकको पीडा भोगिन् यी ४० वर्षीयाले
+
-

अमेरिकाको मेरिल्यान्डकी एक महिला योग गर्ने क्रममा गर्दनको रक्तनली च्यातिएर स्ट्रकको पीडा भोगिरहेकी छिन्। ४० वर्षीया रेबिका लेइघले चोट लाग्नुअघि सामाजिक सञ्‍जालमा रहेका उनका २६ हजार प्रशंसकहरुका लागि एक योगसम्बन्धी ट्युटोरियल बनाउँदै थिइन्। उनको दृष्टि धमिलो भयो, उनका अङ्गहरु कमजोर भए र उनलाई टाउको दुखाइ सुरु भयो, तर उनले आफ्नो स्वास्थ्य अवस्था थाहा पाउने कोशिस भने गरिनन्।

त्यसको दुई दिनपछि उनी डाक्टरलाई भेट्न गइन्। डाक्टरको सल्लाहपछि मात्र उनले थाहा पाइन् कि युवा अवस्थामा रहिरहन र स्वस्थ भइरहनका खातिर उनले स्ट्रकको जोखिम उठाउनु पर्‍यो।

रेबिका लेइग। तस्बिर साभार: डेली मेल।

उनको शरीरमा रहेको स्नायू प्रणालीमा क्षति पुगेका थियो। यसले उनलाई दैनिक टाउको दुख्‍ने समस्याले सताइरहने भयो भने स्मरण शक्ति पनि गुमाउनु पर्‍यो। यति मात्रै नभई उनलाई आवश्‍यकता अनुसार बोल्‍न समेत कठिनाइ भइरह्यो। उनी बिस्तारैविस्तारै निको त भइन्, तर पूर्ण रुपमा पहिलेकै अवस्था फर्कन करिब ६ महिना कुर्नुपर्‍यो।

यसबारे उनले भनेकी छिन्, ‘काम र खानपिनमा ध्यान दिएको समेत १० वर्ष बित्यो। तर योग गर्दागर्दै ‘स्ट्रक’को सिकार हुन्‍छु भन्‍ने लागेको थिएन। तर आज योगले पनि यस्तो काम गरेपछि मलाई यो गर्नु ठीक लागेन।’

उनले भनिन्, ‘तर पनि मलाई फेरि योगमै फर्कनु थियो, किनकी अरुलाई खुसी बनाउनु पर्ने थियो, जुन योग अभ्यासबाट मात्रै सम्भव थियो। म आँटेर नै पुन: योगअभ्‍यासमै लागेँ।’

स्ट्रकका कारण अत्याधिक टाउको दुख्‍ने समस्‍या भएपछि उक्त समयमा नुहाउने, खाना खाँदा अन्य व्यक्तिको साहारा लिनु पर्ने बाध्‍यता रहेको उनको भनाइ छ। साथै बेलाबेला डराउनु वा अपरिचित बन्‍ने र आफ्नो जीवन रक्षाका लागि औषधिको समेत सेवन गर्नुपरेको उनी बताउँछिन्।

(डेली मेलबाट साभार) 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?