
काठमाडौँ-अङ्गुर मानिसहरुले सबैभन्दा बढी मन पराउने फलफूल मध्ये एक हो। यसमा धेरै पौष्टिक तत्वहरु पाइन्छन्। अङ्गुरका झुप्पा देख्ने बित्तिकै जो कोहिको पनि मन लोभिने गर्दछ।
अङ्गुर खाँदा जति स्वादिलो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक मानिन्छ। यसमा पाइने भिटामिन, क्यालसियम, पोटासियम, फोसफरस, आइरनसहितका पौष्टिक तत्वहरुले मानिसलाई स्वस्थ राख्न मद्दत गर्ने गर्दछ। अङ्गुर खाँदा हुने फाइदाहरु यस्ता रहेका छन्ः
- अल्जाईमर रोग लाग्नबाट बचाउँछ।
- छालाको साैन्दर्य बढाउँछ।
- मधुमेहका कारण आँखामा हुने समस्याबाट बचाउँछ।
- गुल्कोजको मात्रा धेरै पाइने भएकाले शरीरलाई फूर्तिलो बनाउन मद्दत गर्छ।
- अपच र कब्जियतको समस्या हटाउन मद्दत गर्छ।
- दम रोग लाग्नबाट बचाउँछ।
- हड्डि बलियो बनाउन सहयोग गर्छ।
- हृदयघातको जोखिम कम गर्छ।