हेल्थ टिप्स

घामले छाला डढाएको छ? काँक्रो बन्छ उपयोगी, अरु पनि छन् धेरै फाइदा!

घामले छाला डढाएको छ? काँक्रो बन्छ उपयोगी, अरु पनि छन् धेरै फाइदा!
+
-

काठमाडौँ – जुनसुकै समयमा पनि सलादको रुपमा प्रयोग गरिने फल हो काँक्रो । प्रशस्त मात्रामा पानी पाइने हुँदा काँक्रो गर्मी समयमा अझ बढी रुचाइन्छ।
घरदेखि रेस्टुरेन्टसम्म यो सलादको रुपमा प्रयोग गरिँदै आइएको छ।

खाना खाँदा सलादको रुपमा काँक्रो चपाउन पाउँदा सबैलाई आनन्द आउँछ। सलादका लागि मात्रै नभएर गर्मीमा पानी प्यास लागेर मुख सुकिरहेको बेला काँक्रो खान पाउँदा कसलाई आनन्द आउँदैन र? काँक्रो खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि उत्तिकै फाइदा जनक मानिन्छ।

काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ।

काँक्रो छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ, यसमा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ। गर्मी समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुने गर्दछ। घामले डढेर छाला कालो भएको छ भने काँक्रोको रस निकाल्नुहोस् र त्यसमा कागतीको रस लगाउनुहोस् । अनि त्यसलाई १५ मिनेटसम्म छालामा लगाएर छोडिदिँदा त्यस्तो दाग हट्छ।

काँक्रोको नियमित खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सहयोग गर्नुका साथै पोलेको ठाउँमा काँक्रोको पातलो टुक्रा दल्नाले दुखाइ कम हुनुका साथै फोका उठ्नबाट बचाउने गर्दछ।

महिनावारीको गडबडी हुने महिलाहरुका लागि पनि काँक्रोको सेवन लाभदायी हुन्छ । काँक्रोलाई टुक्रा बनाएर दहीमा बिरे नुन, मरिच, जिरा, पुदिना आदि मिसाएर खाँदा महिनावारी नियमित हुनुका साथै महिनावारीका बेला हुने दुखाइ पनि कम गर्ने गर्दछ।

एजेन्सीको सहयोगमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?