तिब्बती धर्मगुरुको स्वास्थ्य

के भएको हो दलाइ लामालाई?

के भएको हो दलाइ लामालाई?
+
-

तिब्बती धर्मगुरु दलाइ लामा अहिले दिल्लीको अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धर्मशालाबाट विमान मार्फत भारतको राजधानी दिल्ली लगिएको हो मंगलबार ।

उनको छातीमा संक्रमण देखिएको निजी सहयोगीले बताएका छन् । तर लामालाई क्यान्सर भएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

उनका निजी सहयोगी तेन्जिङ ताक्ल्हाले धर्मगुरु लामालाई गम्भीर समस्या केही नरहेको र छातीमा देखिएको संक्रमणमा पनि सुधार भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८३ वर्षका लामालाई अहिले डाक्टरको निगरानीमा राखिएको र स्वास्थ्यमा सुधार हुँदै गएको उनले बताएको छ ।

सन् १९५९ मा चीनबाट निर्वाशित भएका लामा त्यसयता भारतको उत्तरी पहाडी शहर धर्मशालामा बस्दै आएका छन् । धर्मशाला दलाइ लामाको हेडक्वाटर रहँदै आएको छ त्यसयता । तिब्बतलाई चीनबाट मुक्त बनाएर स्वतन्त्र देशको मान्यता स्थापित गर्न अभियान चलाएका कारण उनी निर्वासनमा परेका हुन् ।

गएको वर्षदेखि आफ्ना विदेश भ्रमण स्वास्थ्यको कारण देखाउँदै कटौटी गरेका दलाइ लामाको स्वास्थ्यमा सुधार आएको सहयोगी तथा उनका प्रवक्ता ताक्ल्हाले बताएका छन् ।

उनले भनेका छन्, ‘लामो दूरीको यात्रा थकान युक्त हुन्छ । साधारणयता उहाँको स्वास्थ्य राम्रो छ । तर खतरा नहोस् भनेर मात्रै अस्पतालमा राखिएको हो ।’

दलाइ लामाले सामान्यतया वर्षको सात महिना विश्वका विभिन्न क्षेत्र भ्रमण गरेर बिताउने गरेका थिए । उनले आफ्नो भ्रमणको क्रममा बुद्धधर्मको प्रचार गर्ने तथा चीनबाट स्वतन्त्र हुनका लागि तिब्बतीले गरिरहेको संघर्षबारे बताउने गरेका छन् । उनले अघिल्लो हप्ता नयाँ दिल्लीमा शिक्षा क्षेत्रमा संलग्न भएका व्यक्ति तथा विद्यार्थीहरुको सम्मेलनलाई सम्बोधन गरेका थिए ।

दलाइ लामा अझै केही दिन अस्पतालमै रहने उनको निजी सचिवालयले जनाएको छ । अस्पतालले भने विरामीको गोपनियताका कारण दलाइ लामाको स्वास्थ्य अवस्थाबारे केही जानकारी दिन नमिल्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारतमा अहिले झण्डै एक लाखको हाराहारीमा तिब्बतीको बसोबास छ । गएको महिना (मार्च) मा रोयटर्ससँग आफ्नो उत्तराधिकारी भारतमै फेला पर्ने बताएका थिए । चीनले आफ्ना उत्तराधिकारीको रुपमा नाम दिएमा त्यसलाई स्वीकार गर्न भनेका थिए ।

चीनले सन् १९५० मा तिब्बत माथि नियन्त्रण कायम गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?