हेल्थ टिप्स

अल्पायुमै किन फुल्छ कपाल? यस्ता छन् कारण

अल्पायुमै किन फुल्छ कपाल? यस्ता छन् कारण
+
-

सबै मानिसले आफ्नो कपाल सुन्दर होस् भन्ने चाहना राखेका हुन्छन्। किनभने कपालले मानिसको सुन्दरतामा निकै ठूलो भूमिका खेल्ने गर्छ। धेरै जसोले अरुको भन्दा आफ्नो कपाल आकर्षक र सुन्दर होस् भन्ने चाहना राखेका हुन्छन्।

तर यस्तो चाहना राखेता पनि कतिपय मानिसलाई कपाल फुल्ने समस्याले सताइरहेको हुन्छ। कतिपयले आफ्नो कपाल के कारणले फुलेको भन्ने थाहा पाइरहेका हुदैनन्।

कपाल फुल्नुका केही कारणहरु यस्ता रहेका छन्।

  • उमेर– उमेरको वृद्धिसँगै कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदैं जादाँ वृद्ध उमेरमा कपाल फुल्ने वा सेतो हुने गर्दछ।
  • वंशाणुगत– बाबुआमा वा परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा फुलेको छ भने बालबालिकाको कपाल पनि सानै उमेरमा फुल्ने वा सेतो हुने गर्दछ।
  • औषधिको साइडइफेक्ट– डिप्रेसन, मलेरियाका औषधि तथा केही एन्टिबायोटिक औषधिहरु लामो समयसम्म सेवन गरिरहेका मानिसमा औषधिको साइडइफेक्टका कारण कपाल चाँडै फुल्ने वा सेतो हुने गर्दछ।
  • पोषक तत्वको कमी– शरीरमा प्रोटीन, आइरन, भिटामिन बी, जिंकजस्ता पोषक तत्वको कमी भएको छ भने कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम बन्छ र कपाल फल्ने वा सेतो हुने गर्दछ।
  • रसायन– शेम्पु, कन्डिसनर, कपालमा लगाउने विभिन्न प्रकारका रङ्ग र कपालमा लगाउने अन्य प्रोडक्टमा पाइने रसायनका कारण कपाल फुल्ने वा सेतो हुने गर्दछ।
  • रोग– सानै उमेरमा एक्जिमा, एनिमिया, थाइराइड, एड्स, डिप्रेसन र धेरै तनाव लिने व्यक्तिमा कपाल फुल्ने वा सेतो हुने समस्या देखिने गर्दछ।
  • प्रदूषण– कपाल खुल्ला छोडेर हिँड्दा धूलो, धूवा कपालमा बस्ने वा टासिने हुदाँ कपाल फुल्ने वा सेतो हुने गर्दछ।
  • आहार– जंक फूड र धेरै तारेको, भुटेको, डढेको खाने कुराले कपाल छिट्टै फुल्ने वा सेतो हुने गर्दछ।

भिटामिन, मिनरल भएका खाने कुराहरु खानु पर्दछ, जसले कपाललाई कालो बनाउन मद्दत गर्ने गर्दछ।

एजेन्सीको सहयोगमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?