
काठमाडौँ – बिहान सबेरै उठ्न धेरैलाई असजिलो हुन्छ तर पनि उठ्नै पर्ने हुन्छ । निन्द्रा पूरा नहुँदा दिनभर थकान महसुस हुन्छ र काम पनि प्रभावित हुन्छ ।
यदि यो समस्या हामीमा छ भने केही विशेष एक्सरसाइज सहयोगी हुन सक्छ । यसका लागि मात्र १० मिनेटको समय पर्याप्त छ ।
त्यसपछि हामी पूरा दिन एक्टिभ रहन सक्छौँ र शरीरको शक्ति पनि कायम रहन्छ । यसका साथै राती आरामको निन्द्रा पनि लाग्छ, जसले कम सुतेर पनि शरीरको थकान हटाउन मद्दत पुग्छ ।
बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिलो काम
फिट र स्वस्थ रहनका लागि बिहान उठेर जिममा घण्टौँ पसिना बगाउन आवश्यक नहुन पनि सक्छ । बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिएर सामान्य एक्सरसाइजका लागि तयार हुन सकिन्छ । हामीले घरकै कुनै कोठामा, छतमा अथवा पार्कमा यो एक्सरसाइज सजिलै गर्न सक्छौँ ।
स्ट्रेचिंग
सबैभन्दा पहिले आफ्नो दुवै खुट्टाका बीच केही अन्तर राखेर सिधा उभिने ।
त्यसपछि हातलाई माथि जति सकिन्छ उठाउने ।
१० सेकेण्डपछि फेरि पहिलेकै पोजिशनमा आउने ।
त्यसपछि हातलाइ दायाँ बायाँ फैलाउने र विपरित दिशामा लगेर कम्मरको स्ट्रेच गर्ने ।
त्यसपछि फेरि हातलाई माथि उठाएर झुक्ने र खुट्टाको औँला छुने । यो सबै क्रिया पाँच-पाँच पटक गर्ने । यसले पूरा शरीरलाई स्ट्रेचिंग गर्छ ।
पावर पुशअप्स
स्ट्रेचिंग गरिसकेपछि शरीर एकसरसाइजका लागि तयार भइसक्छ । अब हामीले तुरुन्तै पुशअप्स गर्नुपर्छ । हामीले जति पुशअप्स गर्न सक्छौँ त्यति गर्ने ।
सुरुवातमा ५ देखि १० पटक पुसअप्स गरेरमा पनि फाइदाजनक हुन्छ ।
सूमो स्क्वैट
सूमो स्क्वैट गर्नाले शरीरको कम्मरको तलको भागको राम्रोसँग एक्सरसाइज हुन्छ ।
यसका लागि सबैभन्दा पहिले खुट्टाको बीचमा केही अन्तर राखेर उभिने ।
दुवै हातलाई टाउकोको पछाडि लगेर लक गर्ने ।
त्यसपछि अगाडि पट्टी झुक्ने ।
बस्ने पोजिशनमा आउने ।
घुँडालाई मोडेर जति तल बस्न सक्निछ बस्ने र तयसपछि उभिने । यो क्रिया १० पटक गर्ने ।
यसपछि आफ्नो दायाँ खुट्टालाई दायाँ दिशामा फैलाएर माथि उठाउने र फेरि पहिलेकै पोजिशनमा आउने ।
त्यसपछि फेरि बाया खुट्टालाई पनि बायाँ दिशामा फैलाएर माथि उठाउने र पहिलेकै पोजिशनमा आउने ।