के तपाइ धेरै खर्चालु हुनुहुन्छ ? यी उपायहरु अपनाउनुस्, पैसा जोगिन्छ

के तपाइ धेरै खर्चालु हुनुहुन्छ ? यी उपायहरु अपनाउनुस्, पैसा जोगिन्छ
+
-

काठमाडौं-दैनिक जीवनमा हामीले जानी-नजानी खर्च गरिरहेका हुन्छौ।तर हामीले विचार नगरीकन नै खर्च गरिरहेका हुन्छौ।

जब हामीसँग भएको पैसा सकिन्छ अनि मात्र सोच्ने गर्छौ कि मैले किनेको सामान मलाई त्यति आवश्यकता नै थिएन।बरु मैले त्यो पैसा बचत गरेको भए हुन्यो भनेर पछुताउछौ। कतिपयलाई बचत कसरी गर्ने भन्‍ने चिन्ताले सताइरहेको हुन्छ।

मानिसहरुले पैसा विभिन्‍न तरिकाले कमाइ रहेका हुन्छन्। कोही व्यापार व्यवसाय गर्छन् भने कोही जागिर।तर महिना नसकिदै तलबको अंशवण्डा भैसकेको हुन्छ।अनावश्यक कुरामा खर्च नगरेर चाहिने कुरामा मात्र खर्च गर्ने बानीले बचत गर्नमा ठूलो मद्दत पुग्छ।

बचत गरेर मात्र भएन। बचत गरेको पैसालाई सही ठाउँमा लगानी गर्न पनि जरुरी छ। चार्ली थोमस मुङगरले भनेका छन् ‘जति तिमी कमाउँछौ त्यो भन्दा कम खर्च गर र त्यसलाई बचत गर सो बतत गरेको पैसालाई अन्य काममा लगानी गर त्यसो गर्यौ भने तिमीलाई धनी हुनबाट कसैले रोक्न सक्दैन।

कमाएको भन्दा कम खर्च गर्ने र बचत गर्ने बचत गरेको पैसालाई सही ठाँउमा लगानी गर्नपर्छ। धनी धेरै कमाएर मात्र हुदैनन्। धनी बचत गरेर हुन्छन्।
हामीले जति सक्यो छिटो बचत गर्नुपर्छ।

बचत गर्नलाई धेरै आम्दानी वा धेरै पैसा चाहिन्छ भन्‍ने पनि छैन। थोरै पैसाबाट बचतको सुरुवात गर्न सकिन्छ। ‘थोपा-थोपा मिलेर समुन्द्र बन्छ भने झै’ थोरै-थोरै बचतको बानीले पछि धेरै बचत गर्ने बानीको विकास हुन्छ।

हाम्रो सबैभन्दा ठूलो गल्ती के हो भने तलब आउनुभन्दा पहिला नै खर्चका बारेमा सोच्छौ र खर्च गछौ पनि तर बचतको बारेमा सोच्दैनौ। खर्च गरिसकेपछि बचेको पैसा बचत गर्न खोज्छौ जुन सम्भव छैन।

तलबको १० प्रतिशत बचत गरेर ९० प्रतिशत खर्च गर्ने जसले घर खर्च पनि चल्छ र बचत पनि हुन्छ। यस्तो गर्न केही समय हसहज भए पनि विस्तारै बानि बस्छ।

हाम्रो दिमागमा धेरै शक्ति हुन्छ। यसलाई हामीले जति ओझेलमा पारे पनि त्यसबाट बाहिर निस्कने बाटो बनाइ हाल्छ।

त्यसैले आफ्नो दिमागलाई अनावश्यक खर्च गर्न रोक्नका लागि कुनै पनि वस्तु गरिद गर्दा १० सेकेण्ड सोच्ने यो वस्तुको मलाई कति आवश्यक छ या छैन। सो १० सेकेण्डले तपाईलाई सही निर्णय लिन मद्दत गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?