जनकपुरमा जानकी महामहोत्सवको उत्सव, प्रदेश सरकारले दियो सार्वजनिक विदा

जनकपुरमा जानकी महामहोत्सवको उत्सव, प्रदेश सरकारले दियो सार्वजनिक विदा
+
-

जनकपुरधाम– रामायणकालिन नारी सीताको जन्मोत्सवको अवसरमा जनकपुरधाममा जानकी नवमी तथा सीता जन्म महामहोत्सव धुमधामसँग मनाइने भएको छ।

रामायणकालमा मिथिलामा राजा जनकले हलो जोत्दा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार हरेक वर्ष यहाँ जानकी नवमी मनाइँदै आएको हो।

विगतका वर्षहरुमा औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी केही वर्ष यता विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाउन लागिएको हो। सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई दुलही झैँ सिंगारिएको छ।

यस्तै, जानकी नवमीको अवसरमा जनकपुरधामको जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतको मन्दिरहरुमा पूजा–आजा गर्ने श्रद्धालु भक्तजनहरुको भिड समेत बढ्न थालेको छ।

सीताको जन्मोत्सवमा सहभागी हुन तथा पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटकहरु जनकपुरधाम आईपुगेका छन।

जानकी नवमीको अवसरमा मंगलबार प्रदेश–२ सरकारले सार्वजनिक बिदाको घोषणा समेत गरेको छ। जानकी मंन्दिरले १५ दिने कार्यक्रमको आयोजना गरेर जानकी नवमी मनाईरहेको छ।

यस वर्ष बैशाख २२ गते देखि नै सुरु भएको जानकी महोत्सवमा नवाह तथा रामायण पाठ, रामकथा प्रवचन तथा बधाई मंगलगान सहितका कार्यक्रमहरु भईरहेको छ।

यस्तै जानकी महोत्सवको मुख्य दिन वैशाख ३० गते जनकपुरधाम स्थित दुधमति नदीमा दुधमति शाही स्नान, जानकी नवमी महोत्सव तथा रामायण मेला, जानकी जन्म महोत्सव, जानकी जन्म शोभा यात्रा, जानकी जन्म शोभा यात्रा, सन्ध्या आरती, साँस्कृतिक मंगलगान सहितका कार्यक्रम तय गरिएको जानकी मन्दिरका सह–महन्त रामरोशन दास वैष्णवले जानकारी दिएका छन्।

जानकी मन्दिरका सह–महन्त रामरोशन दास वैष्णव। तस्बिर: प्रतिभा झा/ देश सञ्चार।

यसैगरी ३१ गते विद्वत गोष्ठी तथा कवि सम्मेलन, मिथिला सांस्कृतिक सन्ध्या, वैवाहिक मटकोर समारोह आयोजना गर्ने भएको छ।

जेष्ठ १ गते रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला साँस्कृतिक विवाह महोत्सव, २ गते मिथिला चित्रकला प्रदर्शनी, प्रादेशिक भाषाको साँस्कृतिक कार्यक्रम, ३ गते गरिब तथा विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य शिविर, जेष्ठ ४ गते जानकी मन्दिरको गर्भगृहमा जानकी जन्म छठीहार (न्वारन) समारोह पश्चात विधिवत रुपमा जानकी महामहोत्सव सम्पन्न हुने सहमहन्त रामरोशन दाव वैष्णवले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?