
जनकपुरधाम – जानकी नवमीको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छन् । उनले जानकी मन्दिरमा विशेष पूजा गरेकी छन् ।
राष्ट्रपति भण्डारीसहित विशिष्ठ व्यक्तिहरू जनकपुर एयरपोर्टमा ओर्लेर सिधै जानकी मन्दिरमा पूजा तथा दर्शनका लागि पुगेका हुन् ।
उनीहरुले जानकी मन्दिरमा पूजा गरेकी हुन्।
पूजा दर्शन पश्चात विश्रामपछि जानकी महोत्सव विशेष समारोहमा ४५ मिनेट सहभागी हुने कार्यक्रम रहेको छ । विशेष कार्यक्रममा सहभागी भएपछि राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।