हेल्थ टिप्स

काखीको दुर्गन्ध कसरी हटाउने? यस्ता छन् घरेलु उपाय!

काखीको दुर्गन्ध कसरी हटाउने? यस्ता छन् घरेलु उपाय!
+
-

गर्मी मौसम पनि सुरु भए सँगै मानिसहरुमा अत्यधिक पसिना आउने समस्याले सताइरहेको हुन्छ। कतिपय मानिसहरुलाई अझैँ पसिना सँगसँगै काखी गन्हाउने समस्याले हैरान बनाइरहेको हुन्छ।

काखी गन्हाउने समस्याका कारण कतिपयलाई अन्य मानिसहरुका बीच बस्न समस्या भइरहेका हुन्छ। काखी गन्हाउने मानिसहरुले निम्नलिखित उपाय अपनाउँदा केही हदसम्म कम गर्न सकिन्छ।

सरसफाईमा ध्यान दिने


काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरीरभर फैलिएर पूरै शरीर नै गन्हाउने हुन्छ। मानव शरीरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनभने पसिना आउनु पनि एउटा नियमितता हो। तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न दैनिक एकपल्ट नुहाउने गर्नुपर्छ। जसले गर्दा कम पसिना आउने गर्छ।

कटन वा फाईबरका कपडा


काखी गन्हाउने मानिसहरुले हावा छिर्ने कटन वा फाईबरका लुगा लगाउनुपर्छ। पसिना नसोस्ने तथा छालामा पनि असर नगर्ने भएकोले गर्मी मौसममा कटनको कपडाको प्रयोग गर्नुपर्छ।

फलफुल


फलफुल खानुका साथै प्रर्याप्त पानी पिउँदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ।

खाने कुरा


गर्मीमा कफी, जंक फुड, तारेका खाने कुराहरुबाट सकेसम्म टाढै रहनुपर्छ। यस्ता खानेकुराले पसिना ग्रन्थीलाई सक्रिय बनाउँन मद्दत गर्छन्। जसका कारण शरीरमा अत्यधिक पसिना आउने र गन्हाउने हुन्छ।

कागती


काखी गन्हाउने मानिसहरुका लागि काखीमा कागतीको रस दल्नु सबैभन्दा उपयुक्त घरेलु तरिका हो। यसबाट कुनै साइड इफेक्ट हुँदैन। आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दलेर केही समय सुक्न दिनुपर्छ।

काखीमा दलेको कागती सुकेको केहीबेर पछि चिसो पानीले नुहाउँदा शरीरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त हुनुका साथै लामो समयसम्म फ्रेस भइन्छ।

तुलसी र निम पात


तुलसी र निम दुवैमा ब्याक्टेरिया विरोधी तत्वहरु हुन्छन्। तुलसी र निमको पातको लेप बनाएर काखी वा शरीरको पसिना आउने अन्य भागमा लगाउनुपर्छ। केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ।

यसले शरीरमा उत्पन्न हुने ब्याक्टेरियाबाट बचाउँछ। सातामा तीन पटक यस्तो लेप लगाउनु राम्रो मानिन्छ।

एजेन्सीको सहयोगमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?