फोटो फिचर

बर्दिया राष्ट्रिय निकुञ्‍जका शान यी जनावर

बर्दिया राष्ट्रिय निकुञ्‍जका शान यी जनावर
+
-

बर्दिया भनेपछि बाघको जिल्लाका रुपमा बुझ्ने गरिन्छ । बाघलाई आश्रय दिएको बर्दिया राष्ट्रिय निकुञ्जका कारण बर्दियालाई बाघको जिल्लाका रुपमा चिनिन थालिएको हो ।

तर बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले बाघ मात्रै नभएर अन्य विभिन्न दूर्लभ जनावरहरु पनि देख्न पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराई प्रदेशमा अवस्थित छ । यस निकुन्जलाई सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरिएको थियो । त्यसपछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो ।

तर सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो। १९८८मा आएर यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष हटाएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरिएको थियो।

पूर्णरूपमा तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्जमा बाघ,गैंडा, चितल, जंगली हात्ती बदेल, घडियाल गोही, डल्फिन, मयूर, तथा चराचुरिंगी लगायत धेरै जनावर देख्न सकिन्छ । यसका साथै अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन । अझ भन्ने हो भने बर्दिया राष्ट्रिय निकुञ्जमा देखिने बाघ, हात्ती, चित्तल, गैंडा,लगायतका जनावर बर्दिया राष्ट्रिय निकुञ्जका शान हुन् ।

यस क्षेत्रमा पहिला बर्दियाको बघौरा फांटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गरेको पनि बताइन्छ। यहाँ विदेशीदेखि आन्तरीक पर्यटकहरु पनि बढ्दो क्रममा छन् । पर्यटकहरु यहाँ आएर विभिन्न खाले जनावर हेरेर तथा जंगल सफारी गरेर रमाउने गर्दछन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले आफ्नो क्यामेरामा कैद गरेका केही दृष्यहरु ।

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगली जनावरहरुको अवलोकन गर्दै विदेशी पर्यटक।

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगली हात्ती

पानीमा शयर गर्दै गैँडा

पानीमा शयर गर्दै गैँडा

पानीमा शयर गर्दै जंगली हात्ती

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?