
अ
+
अ
अ
-
काठमाडौँ – विश्व योग दिवस शुक्रबार नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा ठाउँ ठाउँमा योग शिविरहरु आयोजना भएका छन्।
काठमाडौँमा पनि योग दिवसका अवसरमा र्याली निकालीएको छ । योगलाई नियमित जीवनमा अपनाउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
काठमाडौँको लाजिम्पाटस्थित एक होटलका कर्मचारीहरु होटलमै दैनिक सामूहिक योग गर्ने गरेका छन् ।
स्वस्थकर जीवनका लागि लाजिम्पाटको ला शेर्पा रेष्टुरेन्टका कर्मचारीहरु दिनहुँ योगमा सहभागी हुन्छन् । शुक्रबार बिहान पनि उनीहरु सामूहिक योग गरिरहेका थिए । देशसञ्चारका फोटोपत्रकार सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु ।