शैक्षिक विस्तार र पर्यटकीय स्थल निर्माण गर्न महायज्ञ

शैक्षिक विस्तार र पर्यटकीय स्थल निर्माण गर्न महायज्ञ
+
-

काठमाडौँ– उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं २ फाँटबजारमा अवस्थित मत्स्यनारायण माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन तथा पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ लगाइने भएको छ।

विद्यालय र पाथीभरा क्षेत्र विकास समितिको संयुक्त आयोजनामा उक्त सप्ताह विराट ज्ञान महायज्ञ हुने भएको हो।

विद्यालयका प्रधानाध्यापक विष्णुहरी ढकालका अनुसार मत्स्यनारायण माविमा कक्षा ११ र १२ का साथै प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ लगाउन लागिएको हो।

कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरी आत्मनिर्भर बन्‍न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्‍याउन एवं पितृ मोक्षको लागि महायज्ञको आयोजना गर्न लागिएको महायज्ञ आयोजक मुल समितिका संयोजक नवराज विष्टले जानकारी दिए।

यस्तै स्थानीय स्तरमा लामो समयदेखि जीर्ण अवस्थामा रहेको पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न, प्राचीन कला, संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न समेत संयुक्त रूपमा महायज्ञ गर्न लागिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष माधव कार्कीको भनाई भनाई छ।

२०७६ असार १९ गतेदेखि २५ गते सम्म सञ्चालन हुने महायज्ञमा बालव्यास पण्डित नारायण न्यौपानेले कथा वाचन गर्नेछन्। महमयज्ञ मत्स्यनारायण माध्यमिक विद्यालयको प्राङग्रणमा सञ्चालन हुनेछ। महायज्ञमा १ हजार १ सय ११ओटा शालिग्राम दर्शन गर्न सकिने छ।

यसका साथै नगद दान, महादान, जिन्सीदान, संगीतमय श्रीमद्भागवत कथा प्रवचन, कलश यात्रा, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पूजा, सामूहिक व्रतबन्ध, ग्रह शान्ति, लाख बत्ती, योग शिविर तथा राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन कीर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?