
काठमाडाैँ– नेपाल मानव धर्म सेवा समितिले सतपालजी महाराजप्रति श्रद्धाभाव प्रकट गर्दै संस्थाको केन्द्रीय कार्यालय गौशालामा ‘गुरु पूजा महोत्सव २०७६’ सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि काठमाडाैँ महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठले आफूले प्राप्त गरेको आध्यात्मिक तथा भौतिक सबै खालका शिक्षा आदान–प्रदान गरेमा आध्यात्मिक, सामाजिक मात्रै नभई देशकाे पनि विकास हुने बताए।
कार्यक्रममा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइले शास्त्रमा भएका कुरालाई सबैले मनन् गर्नु पर्ने र शास्त्रमा उल्लेख गरिएको गुरु शिष्यका उदाहरणबाट पनि धेरै कुरा सिक्न सकिने बताए।
साथै कार्यक्रममा यो वर्ष एसईई पास गरेका विद्यार्थिहरुलाई सम्मान पनि गरिएको थियो। कार्यक्रममा भक्ति संगीतका कलाकार तथा बाल कलाकारहरुले आध्यात्मिक, चेतनामूलक भजन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए।