त्रिवेणी धाम र वाल्मीकि आश्रम पुग्दा जे देखियो

त्रिवेणी धाम र वाल्मीकि आश्रम पुग्दा जे देखियो
+
-

दाङ – नेपालको हरिद्वारको नामले प्रख्याती कमाएको त्रिवेणी धामलाई नजिकबाट हेर्ने अवसर मिल्यो । प्रदेश ५ को दाङ लमहीबाट गण्डकी प्रदेशमा रहेको त्रिवेणी धाम पुगिएको हो । पतञ्जली योग समिति लमहीले आफ्ना साधक–साधीकालाई धाममा पुर्‍याएको हो ।

पहिलो यात्रा थियो, त्रिवेणी धामको । हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ त्रिवेणी धाम । तर, पर्याप्त व्यवस्थापन र सरसफाईको अभाव हुँदा एक पटक तिर्थयात्रामा पुग्ने जो कोहीको मनमा प्रश्नहरु आइरहन्छ ।

त्रिवेणी धाम नारायणी, तमसा र सोनभद्र गरि तीनवटा नदीको संगमलाई भनिन्छ ।

यो नदी पार गरेर वाल्मीकि आश्रममा पुग्नको लागि झोलुङ्गे पुलको अवधारणा आयो । तर, भारत सरकारको असहयोगका कारण पुल नै बन्न नसकेको स्थानीय रिक्सा चालकले सुनाए ।

हिउँदमा डुंगा र वर्षामा भारतले बनाएको बाँधबाट भारतीय बाटो हुँदै बाल्मीकी आश्रम पुग्नु पर्ने बाध्यता छ । पुल भैदिएको भए एक घण्टामा आश्रम पुग्न सकिन्थ्यो तर, भारतको बाटो हुदै त्यहाँ पुग्न दुई घण्टा लाग्यो ।

नवलपरासीको बिनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित गण्डकी नदीमा तीनवटा नदी मिलेर त्रिवेणी धाम बनेको हो ।

दिसा, पिसाबको दुर्गन्ध


त्रिवेणी धाम बिनयीत्रिवेणी गाउँपालिकामा पर्छ । तर, यहाँ दिशा जन्य फोहर व्यवस्थापन र सार्वजनिक शौचालयको व्यवस्थापन हुन सकेको छैन् । भएका शौचालय पनि सरसफाइ नहुँदा प्रयोग गर्न सक्ने अवस्थाकै छैनन् । गंगा जीको किनारमा समेत शौचालय छैन् ।

प्रचार प्रसारको अभाव


त्रिवेणी धामको महिमा अतुलनीय छ । तर, यहाँको महिमाको बारेमा तिर्थयात्रुले सहजै बुझ्ने र थाहा पाउनको लागी कुनै प्रचार सामाग्री टाँगिएको छैन् । प्रचार सामाग्रीको व्यवस्था गरेर यहाँको महिमा सबै माझ पुर्‍याउन सकिन्थ्यो । तर, यो पक्ष पनि कमजोर नै लाग्यो ।

गजेन्द्रमोक्ष मन्दिरमा सिमेन्टको आकृति


एक वर्ष अघिबाट दर्शनको लागि खुल्ला गरिएको रथ आकारको मन्दिर गजेन्द्रमोक्ष मन्दिरको चर्चा धेरै छ । तर, यो मन्दिर भित्र र बाहिर कुदीएका सुन्दर आकृतिहरु सिमेन्टबाट बनाइएको छ । काठमा कुदेर आकृति बनाइएको भए दिगोपना हुने थियो । तर, यो मन्दिर श्रद्धालु भक्तजन आकर्षण गर्न सफल छ ।

वाल्मीकि आश्रम ओझेलमा


रामायणसँग जोडिएको ठूलो कथाको अंश बाल्मीकी आश्रमसँग छ । सिता यहाँ रहँदा लवकुशको जन्मस्थलको रुपमा परिचित बाल्मीकी आश्रम प्रचार प्रसार र त्यहाँ सम्म पुग्ने भरपर्दो सडक नहुँदा श्रद्धालु भक्तजन पुग्न कठिन छ ।

सीता बसेको, लवकुश हुर्केको ठाउँ हो । त्यहाँ प्राचिन समयका आकृतीहरु ढुंगामा कुदिएका पाइन्छ । सिताले पिसको सिलौटा, यज्ञस्थल लगायतका स्थलहरु हेर्न अहिले पनि भक्तजन पुग्ने गरेका छन् ।

त्रिवेणी धामको इतिहास


कालिदासले रघुवंश नाटकमा चर्चा गरेको हिमालय नजिकको त्रिवेणी धाम यही थियो । यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन् ।

त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरू छन् ।

यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण छ । स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई नै लिने गरिएको पाइन्छ ।

कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा यहाँ ठूलठूला मेला लाग्दछन् ।

त्यति बेला तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्दछ । त्रिवेणी धामका मेलामा नेपालका भन्दा भारततिरका श्रद्धालुहरूको ज्यादा घुइँचो हुने गर्दछ । त्रिवेणीको स्नान अति उत्तम मानिन्छ ।

स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ । त्रिवेणी धामको ख्याति जनक वंशदेखि चलेको मानिन्छ । तसर्थ यस स्थानको महिमा राम–सीता तथा रामका गुरु बाल्मीकिसँग पनि गाँसिएको छ ।

नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व ज्यादा रहेको हो । नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध छ ।

नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व बढेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?