
भारतले संविधानको धारा ३७० निष्प्रभावी बनाएर जम्मू–कश्मीरबाट स्वायत्तता खोसेपछि त्यसको विरोधमा रहेको चीनले कैलास मानसरोवर यात्राका लागि भारतीयलाई भिसा दिन रोकेको छ ।
हाल कैलाश मानसरोवर यात्राको सिजन चलिरहेको छ र नेपाल तथा चीनको मार्ग हुँदै धेरै भारतीय त्यहाँ जाने गरेका छन् । हिन्दू भारतीयको प्रमुख आकर्षणको केन्द्रका रुपमा रहेको मानसरोवर चीनमा पर्छ ।
जम्मू–कश्मीरबाट विशेष राज्यको दर्जा अन्त्य गरी राज्यलाई केन्द्र शासित दुई प्रदेश बनाउने घोषणा भारत सरकारले गरेको हो ।
चीनले त्यसको विरोध गरेको छ र सोही विरोध स्वरुप भारतीयलाई मानसरोवर यात्राका लागि भिसा दिन रोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।