मन्त्रीद्वारा पत्रकार छत्यालमाथि गरेको दुर्व्यवहारकाे चौतर्फी विरोध

मन्त्रीद्वारा पत्रकार छत्यालमाथि गरेको दुर्व्यवहारकाे चौतर्फी विरोध
+
-

धनगढी– समाचारका लागि प्रतिक्रिया माग्न खोज्दा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख दिलबहादुर छत्यालमाथि गरेको दुर्व्यवहारको चौतर्फी विरोध भएको छ।

शनिबार धनगढीमा बसेको पत्रकारहरुको वृहत भेलाले हरैया काण्डको विषयलाई लिएर पत्रकार छत्यालमाथि भएको दुर्व्यवहार गम्भीर भएको र उनको सुरक्षाको माग गर्ने निर्णय गरेको छ।

‘हरैया काण्डमा ठूलो आर्थिक चलखेल भएको र सुरक्षा जोखिम भएका बेला मन्त्रीद्वारा हरैयाकै विषयलाई लिएर गरेको दुर्व्यवहार पत्रकारहरुले गम्भीरतापूर्वक लिएका छौँ’, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले भने, ‘यो घटनाले सबै पत्रकारमाथि सरकारबाटै असुरक्षा महसुस भएको छ।’

यसैबीच नेपाल पत्रकार महासंघ कैलाली शाखा र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले छुट्टा छुट्टै विज्ञप्ति जारी गरी मन्त्रीले पत्रकारमाथि गरेको दुर्व्यवहार प्रति खेद व्यक्त गरेका छन्।

पत्रकार महासंघ कैलाली शाखाका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाचारमा मन्त्रीको धारणा लिन खोज्दा दुर्व्यवहारजनक शब्द प्रयोग गरेको भन्दै खेद प्रकट गरिएको उल्लेख छ।

कैलालिकाे गोदावरी नगरपालिका वडा नम्बर–६ मा रहेको हरैया सुकुम्वासी शिविरमा आगाे लगाइएकाे विषयमा छत्यालले निरन्तर समाचार लेख्दै आएका थिए।

हरैया काण्डमा समाचार सम्प्रेषणको विषयलाई लिएर सुरक्षा थ्रेट रहेकाले पत्रकार छत्यालको पेशागत तथा भौतिक सुरक्षाका लागि सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत् माग गरिएको छ। विज्ञप्तिमामार्फत मन्त्री शाहले दुव्र्यवहार गरेको अभिव्यक्ति फिर्ता लिन महासंघ जिल्ला शाखाले माग गरेको छ।

यसैगरी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलद्वारा जारी विज्ञप्तिमा हरैया काण्डको समाचारलाई लिएर मन्त्रीले गरेको दुर्व्यवहारप्रति खेद प्रकट गरिएको छ।

हरैया काण्डमा थ्रेट रहेकाले सुरक्षाको माग समेत समितिले गरेको छ। पत्रकार छन्त्यालले प्रदेश सरकारको कार्यक्रम, योजना बजेट खर्चका विषयमा आएको जनगुनासोको प्रतिक्रिया लिन खोज्दा मन्त्री शाहले उनीमाथि शुक्रबार बेलुकी होच्याउँदै दुर्व्यवहारपूर्ण शब्द प्रयोग गरेका थिए।

यो पनि पढ्नुहोस्

हरैया शिविरका घर टहरामा आगो लगाइयो

हरैया शिविरका घर टहरामा आगो लगाइयो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?