नेपालगञ्जमा बकर इद

मस्जिदमा नअटेपछि सडकमै नमाज

मस्जिदमा नअटेपछि सडकमै नमाज
+
-

नेपालगञ्ज – मुस्लिम धर्मावलम्बीको ठूलो चाडमध्येको बकर इदमा सोमबार नेपालगञ्जको वीपीचोकस्थित मस्जिदमा सामूहिक नमाज पढिएको छ । वीपीचोकमा सामूहिक नमाज पढ्न नगरका विभिन्न ठाउँबाट मानिसहरु जम्मा भएका थिए ।

वीपीचोकस्थित मस्जिद नअटेपछि सडकमै बसेर नमाज पढिएको थियो । घरबाट ल्याएका तन्ना ओछ्याएर ठूलो संख्या बाटोमै बसेको थियो । नेपालगञ्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राईले पनि वीपीचोकमै आएर नमाज पढेका छन् ।

मन्त्री राईले सबै धार्मिक समुदायका मानिसहरु एक आपसमा मिलेर बसेकाले नेपालगञ्जको विशेष महत्व रहेको बताए । ‘हामी नेपालगञ्जवासी एक अर्काको पर्वमा रमाउँछौं, यही नै यहाँको विशेषता हो, मन्त्री राईले भने, बकर इदमा आपसी भाइचारा, शान्ति, सद्भाव कायम रहोस् ।’

सामूहिक नमाज सकिएपछि आपसमा शुभकामना साटासाट गर्न हिन्दु समुदायका व्यक्तित्वहरु वीपीचोकमा पुगेका थिए । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, राप्रपाका युवा नेता ऋषिराज देवकोटा, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले वीपीचोकमा पुगेर एक अर्कामा ‘गले मिलेर’ शुभकामना साटासाट गरेका थिए ।

बदर इदमा कुर्बानी दिने गरिन्छ । त्यस्तो कुर्बानी दिएको मासुलाई तीन भाग लगाउने गरिन्छ । पहिलो भाग आफूले खाने, दोस्रो भाग आफन्तीलाई र तेस्रो भाग गरीवलाई दिने गरिन्छ । त्यही भएर बकर इदलाई त्याग अर्थात कुर्बानी गर्ने दिनको रुपमा मनाउने गरिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?