बीच सडकमा पसल, चाडपर्वको सुरुवात

बीच सडकमा पसल, चाडपर्वको सुरुवात
+
-

नेपालगञ्ज – सदरलाइन । त्रिभुवनचोकदेखि त्रिवेणीमोडसम्म । जब बीच सडकमा पसल लाग्छन्, बुझ्नु पर्छ हिन्दुका चाडपर्व शुरु भए । यो सडक खण्डको ‘बीच बाटो’ मा पसल लाग्नु परम्पराजस्तै हो । यतिबेला जनै पूर्णिमा अर्थात रक्षाबन्धनका लागि सडकमा पसल लागिसकेका छन् ।

हिमाल, पहाड र तराईमा जनै पूर्णिमा धुमधामले मनाउने गरिन्छ । तराईमा जनै पूर्णिमासँगै रक्षाबन्धनको छुट्टै महत्व रहेको छ । दिदी बहिनीले दाजुभाईलाई दीर्घायूको कामना गर्दै रक्षाबन्धन बाधिदिन्छन् । नेपालगञ्जको त्रिभुवनचोकदेखि त्रिवेणीमोडसम्मको बीच सडकमा रक्षाबन्धनका सामान र मिठाई पसल लागिसकेका छन् ।

बीच सडकमा पसल राखिँदा यात्रामा अलिकति असहज भएपनि यसलाई यहाँका बासिन्दाले सहज रुपमा लिने गर्दछन् । नेपालगञ्ज उपमहानगरपालिकाले चाडविशेषमा लाग्ने पसललाई व्यवस्थित गर्ने प्रयास गर्दै आएको छ । एउटा पसल राखेवापत अढाई सयको पर्चा काट्नु पर्ने पसलेहरु बताउँछन् ।

नेपालगञ्जको सदरलाइन मुख्य बजारअन्तर्गत नै पर्दछ । बीच सडकमा राखिने सामान त पुरानै पसलहरुमा राखेर बेच्दा पनि हुन्थ्यो । तर, वर्षौदेखि बीच सडकमा चाडपर्व विशेष एकैप्रकारका सामानका पसल राखेर ग्राहकलाई सुविधा दिने गरिएको छ ।

सदरलाइनको सडक राम्रो नहुँदा होस् या अहिले एडीबीले राम्रो बनाइदिंदा, बीच सडकमा पसल त लागेकै छन् । पसले कमल लखेर भन्छन्, ‘चाडपर्व विशेषमा बीच सडकमा लाग्ने पसलबाट हामीलाई राम्रो कमाई हुन्छ । ग्राहकले एकै ठाउँबाट सामान पनि पाउँछन् ।’

हुन त केही वर्षअघि बीच सडकमा पसल राख्न नदिने कि भनेर नगरपालिका लागेको थियो । प्रहरी लगाएर पसल लगाउन नदिने रणनीति पनि बनाएको थियो । तर, यहाँका व्यापारीले त्यसको प्रतिकार गरे । धेरै दिन नलाग्ने भएको र वर्षौदेखि लाग्दै आएको पसल लगाउन दिन नगरपालिका बाध्य भयो । चार पांग्रे साधनलाई प्रवेश नदिंदा बीच सडकमा लागेको पसलले खासै अप्ठेरो नपार्ने सम्बद्धहरु बताउँछन् ।

सदरलाइनमा अलि लामो समयका लागि तिहारमा पसल लाग्छन् । अरु चाडपर्वमा २/३ दिनका लागि पसल लगाउने गरिन्छ । बाहिरबाट आएका यात्रुलाई असहज लागेपनि यहाँका रैथानेले बीच सडकमा लागेको पसललाई स्वभाविक रुपमा लिने मात्रै गरेका छैनन्, त्यस्तो पसल देखेपछि चाडपर्व भित्रिएको धारणा बनाउँछन् ।

स्थानीयवासी अनिल श्रेष्ठ भन्छन्, ‘बीच सडकमा पसल लागेको देख्दा चाडबाडको रौनक बढेकोजस्तो लाग्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?