सगरमाथा आरोहणका नयाँ नियम राख्न सुझाव

सर्वोच्च शिखर सगरमाथा चढ्न चाहनेले ६५ सय मिटर अग्लो हिमाल चढेको हुनु पर्ने

सर्वोच्च शिखर सगरमाथा चढ्न चाहनेले ६५ सय मिटर अग्लो हिमाल चढेको हुनु पर्ने
+
-

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न चाहने जो कोहीले त्यो भन्दा अघि ६ हजार पाँच सय मिटर उचाईको हिमाल आरोहण गर्नु पर्ने नियम लागु गर्न सुझाव दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको नेपालको पर्वतीय पर्यटन सुधार सुझाव समितिले तयार पारेको प्रतिवदेनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण पूर्व जो कोहीले पनि ६ हजार पाँच सय मिटर भन्दा अग्ला हिमालको आरोहणको व्यवस्था गर्न सुझाव दिइएको छ ।

यो वर्षको आरोहण सिजनमा सगरमाथामा आरोहीको लामो लाइन अर्थात जाम परेको र त्यसका कारण केही आरोहीको मृत्यु भएको खबर राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपछि सरकारले सुझाव समिति गठन गरेको थियो ।

समितिले यो सिजन मृत्यु भएका आरोहीको निधनको कारण जाम नभइ प्रतिकूल मौसम र हाइअल्टिच्यूट का कारण भएको निष्कर्ष निकालेको छ ।

तर सुरक्षात्मक उपायका लागि आरोहीले सगरमाथाको आरोहण अनुमति पाउनु पूर्व ६५ सय मिटर उचाईको हिमाल चढेको हुनु पर्ने सुझाव दिइएको छ । यस्तो सुझाव दिनुको कारण आरोहीको शारीरिक क्षमता तथा आरोहण अनुभवका लागि हो ।

यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेको संख्या ८८५ हो । जसमा ६४४ जनाले नेपाल तर्फको दक्षिणी मार्गबाट आरोहण गरेका हुन् । यस्तै तिब्बत तर्फको उत्तरी मार्गबाट आरोहण गर्नेको संख्या २४१ रहेको जनाइएको छ ।

सगरमाथा आरोहणको क्रममा यो वर्ष ११ जनाको ज्यान गयो, जसमा नेपाल तर्फबाट गएका ९ जना छन् । तिब्बत तर्फबाट गएका दुईजनाको ज्यान गएको हो । ज्यान गएका मध्ये चार जनाको मृत्युको कारण ट्राफिक जाम रहेको बताइन्छ । तर नेपालले त्यो कुरा अस्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्ममा भने लगातार यो कुरा आइरहेको छ ।

सुझाव समितिले आरोहीको मृत्युको कारण सगरमाथामा लागेको ट्राफिक जाम एकल कारण नरहेको बताए पनि लाइनमा बस्नु पर्दा चिसो ठाउँमा आरोहीलाई गाह्रो भएको र सोही कारण मृत्यु भएको हुन सक्ने कुरा भने अस्वीकार गरिएको छैन ।

तर विज्ञहरुले मृत्युको कारण भीड भन्दा पनि आरोहीमा अनुभवको अभव रहनु रहेको बताएका छन् । सीधै सगरमाथा आरोहणका लागि जाँदा उनीहरुमा हिमाल आरोहणको अनुभव नहुने र त्यसले गर्दा समस्या हुने गरेको देखिएको उनीहरुको भनाई छ । यही कारण सुझाव समितिले सगरमाथाअघि ६५ सय मिटरको हिमाल अनिवार्य रुपमा आरोहण गर्नु पर्ने व्यवस्था गर्न सुझाव दिएको हो ।

हालसम्म नेपालमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार अमेरिकी डलर तिरे पुग्ने गरेको छ।

तर सुझाव समितिले सगरमाथाका लागि कम्तिमा ३५ हजार अमेरिकी डलर तथा अरु ८ हजार मिटर भन्दा माथिका हिमालका लागि २० हजार अमेरिकी डलर शुल्क कायम गर्न पनि सुझाव दिएको छ ।

विश्वका १४ अग्ला हिमाल मध्ये नेपालमा ८ वटा पर्छन्।

यो पनि पढ्नुहोस्

सगरमाथा आरोहीको मृत्यु जामले होइन: छानबिन समिति

सगरमाथा आरोहीको मृत्यु जामले होइन: छानबिन समिति

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?