प्रारम्भिक अनुसन्धानको निष्कर्ष

पानीमा हुने प्लाष्टिकका साना कणको असर मानव स्वास्थ्यमा ‘अति कम’

पानीमा हुने प्लाष्टिकका साना कणको असर मानव स्वास्थ्यमा ‘अति कम’
+
-

पिउने पानीमा हुने अति न्यून मात्राका माइक्रोप्लाष्टिक (प्लाष्टिकका अति सुक्षम कण) का कारण स्वास्थ्यमा जोखिम नहुने एक अध्ययनले देखाएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

पिउने पानीमा हुने माइक्रोप्लाष्टिकको प्रभावका सम्बन्धमा भएको पहिलो अनुसन्धानमा खासै प्रतिकुल प्रभाव नपर्ने देखिएको डब्लुएचओले जनाएको छ ।

डब्लुएचओको अग्रसरतामा भएको अनुसन्धानमा पानीमा हुने ठूला कण तथा प्लाष्टिकका अति सुक्षम कणहरु शरीरलाई कुनै हानी नगरी बाहिरिने देखिएको छ । तर यो अनुसन्धान सीमित जानकारीका आधारित रहेकाले तत्काल बृहत स्तरको अनुसन्धानको खाँचो रहेको जनाइएको छ ।

डब्लुएचओले भनेको छ, ‘यस विषयमा तत्काल बृहतस्तरको अनुसन्धान गरेर त्यसको नतिजा थाहा पाउनु पर्ने अवस्था छ ।’ नदी, ताल, खानेपानीका स्रोतहरु तथा बोतलको पानीमा हुने पाँच एमएम भन्दा सानो आकारका प्लाष्टिकका कणहरुलाई माइक्रोप्लाष्टिकका रुपमा परिभाषित गरिएको छ ।

माइक्रोप्लाष्टिकका कारण मानव स्वास्थ्यमा पर्ने असरका बारेमा गरिएको पहिलो अनुसन्धानमा हाल पानीमा रहेको वा पाइएको माइक्रोप्लाष्टिकको स्तरले खासै असर पर्ने नदेखिएको उल्लेख छ । तर थप र विस्तृत अध्ययनका लागि जोड दिइएको छ ।

पानीमा हुने प्लाष्टिकको मात्राका सम्बन्धमा पछिल्लो केही वर्षयता मात्रै थाहा हुन थालेको र सीमित उपलब्ध प्रमाणका आधारमा अनुसन्धान गरिएको डब्लुएचओले जनाएको छ ।

विभिन्न स्रोतका पानीलाई विभिन्न फिल्टरबाट फिल्टर गरिएको पानीमा रहेका माइक्रोप्लाष्टिकको प्रभावका बारेमा अनुसन्धान गरिएको हो ।

हालको अध्ययन पद्धति तुलनात्मक रुपमा कमजोर रहेको भने अनुसन्धानमा संलग्न डब्लुएचओका डा. ब्रुस गोर्डनले बताएको छन् । र पनि अध्ययनबाट पानीमा हुने ठूला तथा अति साना कणहरु बिना कुनै असर गरी बाहिरिने गरेको देखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?