सम्पादकीय

रवि लामिछाने प्रकरणका प्रश्नहरु

रवि लामिछाने प्रकरणका प्रश्नहरु
+
-

दुई साताअघि चितवनको एउटा होटलमा मृत अवस्थामा फेला परेका शालिकराम पुडासैनीसँग सम्बन्धित प्रहरी अनुसन्धानले राष्ट्रिय चासो निम्त्याएको छ।

जनसरोकारका विषयमा टेलिभिजन कार्यक्रम प्रस्तुत गर्दै आएका रवि लामिछानेलाई पुडासैनीको मृत्यु पूर्वको विवादास्पद भिडियो टिप्पणीका आधारमा गिरफ्तार गरी आत्महत्याका लागि उक्स्याएको आरोप लगाइएको छ।

उनका समर्थक र प्रहरीबीच दिनहुँ जस्तो झडप भइरहेको छ र न्याय अदालतमा नभएर राजधानी र चितवनका सडकबाट निर्देशित त नहोला भन्ने डर व्याप्त छ। पुडासैनीको मृत्यु आत्महत्या हो या हत्या? त्यसको निर्क्यौल नगरी ‘आत्महत्या’ ठहर गरी हुने अनुसन्धान स्वयं नै त्रुटिपूर्ण मानिने छ।

लामिछाने र पुडासैनीले केही समय सँगै काम गरेका र उनीहरुबीचको आत्मीयता कटुतामा परिणत भएको तथा उत्पन्न प्रतिकूल परिस्थिति र आफ्नै निराशापूर्ण आर्थिक स्थितिले ‘आत्महत्या’ को स्थितिमा पुर्‍याएको सन्देश पुडासैनीको उक्त विवादास्पद भिडियो टिप्पणीमा छ।

उता प्राविधिक ज्ञान भएकाहरुले त्यो ‘भिडियो’को विश्वसनीयतामाथि अनेकौँ प्रश्न उठाएका छन्। त्यसैले पहिले ‘आत्महत्या’ हो या ‘हत्या’ त्यसको निराकरण हुन जरुरी छ। पुडासैनीको ‘शव’ फेला परेको होटलका म्यानेजर या जिम्मेवार कर्मचारीसँग समेत सोधपुछ नहुनुले पनि अनुसन्धानमा प्रश्न उठ्ने ठाउँ देखा परेको छ।

घटनास्थल र अनुसन्धान केन्द्र बनेको चितवन पनि विवादको घेरामा तानिएको छ। खासगरी त्यहाँका एसपीको प्रभावशाली नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसँग निकट सम्बन्ध रहेको तथा रविलाई ठेगान लगाउनमा त्यो सम्बन्धले काम गर्ने आशंका रवि समर्थकहरुले गरेका छन्।

स्थानीय न्यायपालिकालाई तत्काल दोष दिन या भोलि यो मामिलामा उसको भूमिकाबारे पूर्वानुमान गर्नु अन्याय हुनेछ, तर न्यायपालिकालाई समेत दलीय घेरामा विवश बनाउने वर्तमान राजनीतिक संयन्त्रले आफूले चाहेका मुद्दामा प्रतिकूल निर्णयलाई स्वकार्ने छैन। त्यसैले विवादमा कुनै किसिमले नतानिनु सम्बन्धित राजनीतिक नेतृत्वको बुद्धिमानी मानिने छ।

रवि लामिछाने– पुडासैनी प्रकरणले एउटा राष्ट्रिय महत्व र चासोको स्वरुप ग्रहण गरिसकेको छ। र, त्यो मुद्दाको उचित, पारदर्शी तथा निष्पक्ष अनुसन्धान नभएको अवस्थामा त्यसले अरु व्यपाक जनअसन्तोष र विरोधलाई सडकमा ओराल्न सक्छ। त्यसैले ‘फेयर ट्रायल’ सुनिश्चित गर्नेबारे सरकार सचेत हुनैपर्छ।

हो, घटनास्थल चितवन भएकोले सामान्यतया अदालती प्रक्रिया त्यहीँ नै अगाडि बढ्नुपर्छ । तर ‘फेयर ट्रायल’ सुनिश्चित गर्न मुद्दा अन्यत्र सार्नु पर्ने हो कि?

विभिन्न मुलुकमा आवश्यक पर्दा अदालती ‘सुपरभिजन’ मा पनि अनुसन्धान र अभियोजन प्रकृया अगाडि बढाइएका उदाहरण छन्।

त्यसैले एउटा प्रयोगका रुपमा यो मुद्दालाई चितवन बाहिर सारी अदालतले तोकेका अनुसन्धानकर्ता संलग्न भएमा विश्वसनीय ढंगले मुद्दा अघि बढ्नेछ। त्यसले पुडासैनी र लामिछाने दुवैले न्याय पाउने परिस्थिति सिर्जना हुनेछ।

यो पनि पढ्नुहोस्

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

कसरी बाहिरियो शालिकरामको भिडियो?

कसरी बाहिरियो शालिकरामको भिडियो?

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच आज पनि झडप

रवि लामिछानेको मिसिल सरकारी वकिल कार्यालयमा, अब के हुन्छ?

रवि लामिछानेको मिसिल सरकारी वकिल कार्यालयमा, अब के हुन्छ?

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’