कुरुप बनेको फेवाताल

+
-

पोखराको फेवाताल पर्यावरणीय दृष्टिले जस्तै महत्वपूर्ण छ पर्यटकीय आकर्षणको केन्द्रका रुपमा पनि। पोखरा पुग्नेहरु अधिकांश फेवाताल पुग्छन्।

फेवातालमा पर्ने माछापुच्छ्रे हिमालको छाया र यसको मोहकताले साहित्य, कला, संगीतमा पनि यसले स्थान पाएको छ।

तर मानवीय गतिविधि बढ्दै जाँदा र स्याहार नपुग्दा फेवाताल समस्यामा पर्दै गएको छ। जलकुम्भी झार तथा फोहोरका कारण फेवातालको सुन्दरतामा आँच आउन थालेको छ।

विशेष गरी वर्षायाममा फेवातालमा जलकुम्भी झारको समस्या बढ्छ। जलकुम्भी झार र फोहोर निकाल्नका लागि २०७४ सालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाखको लागतमा मेसिन ल्याएको थियो।

क्यानडाबाट झिकाइएको एक्वाइटिक प्लान्ट हार्भेस्टिङ्ग मेसिन प्रयोगमा आए पनि आफूहरुले नै झार तथा फोहोर निकाल्नु परेको स्थानीय बासिन्दाको गुनासो छ।

ताल संरक्षण लागि गठन भएका स्थानीय समितिमा आबद्ध तथा सुरक्षाकर्मीहरुले झार निकाल्दै आएका छन्।

बर्खाको समयमा जलकुम्भी धेरै हुँदा मेसिनले काम गर्न नसक्ने महानगरपालिकाले जनाएको छ । तर जलकुम्भीको समस्या बढी हुने बेला नै काम नगर्ने मेसिन किन ल्याएको भन्ने स्थानीय बासिन्दाको प्रश्न छ ।

मेसिनले हिउँदका बेला तालको बिच भागतिर रहेका जलकुम्भीसहितका झार तथा फोहोर किनार तिर ल्याउने गरेको छ ।

भिडियो हेर्नुहोस्:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?