स्वास्थ्य र अनुसन्धान

अधबैँसेहरुको मृत्युको पहिलो कारण क्यान्सर

अधबैँसेहरुको मृत्युको पहिलो कारण क्यान्सर
+
-

विशेष गरी विकसित देश या उच्च आय भएका देशका अधबैँसे व्यक्तिको मृत्युको कारण कार्डिओभास्कुलर डिजिज भन्दा बढी क्यान्सर रहेको देखिएको छ ।

पछिल्लो एक अध्ययनमा उच्च आय भएका देशका अधबैँसे व्यक्तिको मृत्युका कारणहरुको सूचिमा क्यान्सर अघि आएको हो । यसअघि कार्डिओभास्कुलर डिजिज मृत्युको प्रमुख कारण थियो ।

अहिले पनि कार्डिओभास्कुलर डिजिज मृत्युको प्रमुख कारण मध्ये मै पर्छ तर त्यो भन्दा क्यान्सरले धेरैको ज्यान लिएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी रुपमा भने अझै पनि अधबैँसे व्यक्तिहरुको मृत्युको प्रमुख कारणमा मुटु सम्बन्धी समस्या र स्ट्रोक रहेका छन् । तर धनी देशका व्यक्तिहरुमा भने क्यान्सर पहिलो कारण देखिएको हो ।

यी देशका अधबैँसे व्यक्तिको मृत्युको कारण कार्डिओभास्कुलर डिजिज भन्दा क्यान्सर साढे दुई गुणा बढी रहेको देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

तर कमजोर आय भएका देशका सोही उमेर (अधबैँसे) का व्यक्तिको मृत्युको प्रमुख कारण भने कार्डिओभास्कुलर डिजिज नै देखिएको छ । यी देशमा सो उमेर समूहका व्यक्तिमा मृत्युको कारण क्यान्सर भन्दा कार्डिओभास्कुलर डिजिज तीन गुणा बढी रहेको छ ।

द ल्यान्डसेट जर्नलमा प्रकाशित अनुसन्धानमा अनुसन्धानकर्ताले २१ देशका मानिसमा अध्ययन गरेका हुन्।

क्यानडाको म्याकमास्टर विश्वविद्यालयका अनुसन्धानकर्ताको अगुवाईमा भएको अनुसन्धानमा एक लाख ६० हजार मानिस सहभागी थिए । अनुसन्धानकर्ताले सन् २००५ देखि २०१६ को बिचमा यी व्यक्तिहरुमाथि अध्ययन गरेका हुन् ।

अनुसन्धानमा सहभागी व्यक्तिहरु अनुसन्धान थालनी हुँदा ५० वर्षका थिए । यो अवधिमा ११ हजार भन्दा बढी व्यक्तिको निधन भयो । जसमा कम आएका भएका देशका व्यक्तिको मृत्यु उच्च आय भएका देशका व्यक्तिको भन्दा चार गुणा बढी देखियो ।

तर कारणमा उच्च आय भएका देशका व्यक्तिमा क्यान्सर पहिलो नम्बरमा देखियो । दुई हजार व्यक्तिको मृत्युको कारण खुल्न सकेन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?