कागेश्वरीमा बिहीबारदेखि तीनदिने महामेला

कागेश्वरीमा बिहीबारदेखि तीनदिने महामेला
+
-

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीको कागेश्वरी महादेव मन्दिरमा मेला लाग्ने भएको छ। भाद्र शुल्क अष्टमी (कागेअष्टमी) देखि तीन दिनसम्म लाग्ने मेलामा विविध कार्यक्रमहरु गरिनेछ।

नगरपालिकाको नाम नै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा मेलालाई नगरपालिकाले आफ्नो पहिचानसँग जोडेको छ।
भदौ १९ गते कागेश्वरी मन्दिरको महत्वका बारेमा कवि गोष्ठि गरी साहित्यक कार्यक्रम सञ्चालन गर्ने, २० गते कागेअष्टमीका दिन कागेश्वरी महामेलाको उद्घाटन गर्ने र २१ गते मन्दिरको सरसफाइ गर्ने तय भएको छ।

मेलामा ५० हजारभन्दा धेरै दर्शनार्थी आउने अनुमान गरिएको छ। कागेअष्टमीका दिन नगरपालिकाले नगरपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ।

किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसै बेलादेखि त्यस मन्दिरको नाम कागेश्वरी महदेव मन्दिर रहन गएको जनविश्वास रहेको छ।

यस्तै रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहेको छ।

पर्यटन प्रवर्धन गर्ने हिसाबले नगरपालिकाले २ सय २७ किलो धातुको कागको मूर्ति स्थापना गरेको छ। कागेश्वरी महादेवको मन्दिरमुनि र माथि छहरा र झरना छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?