विदेशी टोलीद्वारा सम्पदा अवलोकन

विदेशी टोलीद्वारा सम्पदा अवलोकन
+
-

भक्तपुर – ऐतिहासिक सम्पदाको अवलोकन गर्न काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी टोलीले भक्तपुरको सम्पदाको अवलोकन गरेको छ । उक्त टोलीले आइतबार भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गरेको हो ।

चीनको ‘लाञ्जाउ कमिटी अफ द सिपिपिसिसी’ का उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट आफूहरु उत्साहित भएको बताए । “नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ, काठमाडौँ बसाइ रमाइलो भयो, इन्द्रजात्रामा नेपाली जनताको उत्साह तथा नेपालीको सम्पदाप्रतिको सम्मान देखेर म निकै प्रभावित भएँ”, उनले भने ।

उनले आफूले यहाँको सांस्कृतिक सम्पदाबारे सुनेको तर यहाँ आएर हेर्दा निकै प्रभावित भएको बताए । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँगै चन्द्रागिरिको अवलोकन भ्रमणपछि सिओहाङ नेतृत्वको टोलीले स्वयम्भूको समेत अवलोकन भ्रमण गरेको थियो ।

यस्तै भक्तपुरको अवलोकन भ्रमणमा आएका भारतको उत्तरी दिल्ली नगरपालिकाका प्रमुख सरदार अवतार सिंहले नेपालको प्राकृतिक सम्पदाबाट प्रभावित भएको बताए । उनले यहाँका सम्पदाबारे आफ्नो नगरका बासिन्दालाई जानकारी गराउने बताए । “पर्यटन वर्षमा नेपाल भ्रमण गर्न सन्देश प्रवाह गर्छु”, उनले भने । विज्ञान सङ्ग्रहालयको अवलोकनपछि आफू झन प्रभावित भएको भन्दै सिंहले नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गरे ।

यस्तै भुटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जीले नेपाल सम्पदा संरक्षण र विकासको गतिमा अघि बढेको भन्दै खुशी व्यक्त गरे । यहाँको संस्कृतिबाट आफू प्रभावित भएको दोर्जीले बताए । काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित विदेशी पाहुनाले भक्तपुरको सांस्कृतिक सम्पदाको भ्रमण गरेका हुन् ।

प्रमुख शाक्यले यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न र इन्द्रजात्रालाई विश्वसामू चिनाउने उद्देश्यले विदेशी पाहुनालाई आमन्त्रण गरिएको बताए । “विदेशी पाहुनाको भ्रमणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्छ” उनले भने । विदेशी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख सर्जनी जोशीसहितको टोलीले स्वागत गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?