साइकल चलाउँदाका फाइदा

साइकल चलाउँदाका फाइदा
+
-

शहरी क्षेत्रमा केही बालबालिका बाहेक अरुले साइकल चढ्ने गरेको यदाकदा मात्र देख्ने गरिन्छ। उसो त उनीहरुलाई पनि खेल्नका लागि उक्त साइकल किनिदिने गरेको पाइन्छ। तर तराईमा भने अझै साइलकल चढ्ने मानिसहरुको संख्या उस्तै नै छ। तराईका फाँटहरुमा धेरै जसो मानिसहरुलाई साइकलमै देख्न सकिन्छ।

यद्यपि ती साइकल चढ्ने मानिसहरुलाई साइकल चढ्दा स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ भन्ने कमैलाई थाहा होला। पछिल्लो समय विकसित देशहरुमा समेत स्वस्थ रहनाका लागि धेरै मानिसहरुले साइकलको प्रयोग गर्न थालेका छन्। अन्य व्यक्तिको तुलनामा दैनिक २० मिनेट साइकल चलाउने व्यक्ति स्वस्थ हुने विज्ञहरुले बताउने गरेका छन्।

साइकल जुनसुकै उमेरको व्यक्तिले पनि चलाउँन सक्छन्। यो चलाउनका लागि कुनै उमेर समूह तोकिएको छैन। विज्ञहरुले साइक्लिङलाई व्यायमको संज्ञा दिने गरेका छन्। साइक्लिङ गर्दा स्वास्थ्यलाई यस्ता फाइदा हुन सक्छन्।

रक्तचाप– दैनिक साइकल चलाउँदा शरीरमा रक्त सञ्चार राम्रो हुन्छ। जसले गर्दा रगतमा अक्सिजनको मात्रा आपूर्ति गर्छ र रक्त सञ्चारमा सुधार आउँछ। यसले गर्दा रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।

मांसपेशी– जान्नेहरुका लागि सबै भन्दा सजिलो व्यायम साइक्लिङ गर्नु हो। नियमित साइक्लिङ गर्दा मांसपेशीहरु बलिया हुने गर्दछन्। यति मात्र नभएर साइकल चलाउँदा पछाडिपट्टीका हड्डी हुने भएकाले ढाड र गर्दनको दुखाईबाट समेत राहत मिल्ने गर्छ।

मोटोपन– दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजारको संख्यामा क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मानिसलाई दुब्लो बनाउन मद्दत गर्ने गर्छ।

क्यान्सर– अनुसन्धानकर्ताका अनुसार यदि कुनै व्यक्तिले साइकल चलाउँछ भने उसले आफ्नो जीवनलाई परिर्वतन गरिरहेको छ। किनभने दैनिक साइक्लिङ गर्नाले स्तन र मलद्वार क्यान्सरको जोखिम कम हुने गर्दछ।

मधुमेह– पछिल्लो समय महुमेहका विरामीको संख्या दिनानु दिन बढ्दो छ। शरीरिक व्यायमको कमीका कारण धेरैलाई यो रोगको जोखिम हुने चिकित्सकहरुले बताउने गरेका छन्। तर दैनिक ३० मिनेट साएक्लिङ गर्ने व्यक्तिहरुमा ४० प्रतिशत मधुमेह हुने खतरा कम हुने फिनल्याण्डमा गरिएको एक अध्ययनले देखाएको छ।

मानसिक रोग– मानसिक स्वास्थ्य अवस्था तनाव, चिन्ता डिप्रेसन, उदासिनता जस्ता कुरालाई नियमित साइक्लिङ गरेर कम गर्न सकिन्छ। यही व्यायमका कारण मानिसहरु रमाइलो महसुर गर्ने गर्छ र त्यस्ता मनसिक तनावबाट मुक्त हुन सक्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?