रेबिजका लक्षण र जोगिने उपायहरु

रेबिजका लक्षण र जोगिने उपायहरु
+
-

काठमाडौँ – रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यसहित शनिबार विश्व दिवस मनाईँदैछ । रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लूयस पास्टरको निधन भएको दिनको स्मृतिमा रहेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।

विश्वमा हरेक वर्ष करिब ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । रेबिजका कारण ज्यान गुमाउनेमा आधा भन्दा बढी बालबालिका रहने गरेका छन् । विश्वमा हुने रेबिजको समस्या मध्ये ९५ प्रतिशत एसिया र अफ्रिकामा हुने गरेको छ ।

रेबिज लिसा नामको स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाइरसका कारणले हुने रोग हो ।

यो रोग संक्रमित जनावरको र्‍यालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नशाको माध्यमले मस्तिष्कसम्म पुग्ने गर्छ ।

शरीरमा भाइरस पसेपछि देखिने लक्षण

  • ज्वरो आउने
  • घाउ भएको स्थानमा दुख्ने
  • भम्झमाउने, घोचे, पोले जस्तो हुने
  • भाइरस मस्तिष्क सम्म पुगे पछि मस्तिष्क तथा स्नायुहरु सुनिने
  • प्रभावित व्यक्तिको क्रियाकलापहरु र व्यवहारमा परिर्वतन आउने
  • पानी देखि डराउने
  • हावाको चालबाट तर्सिने

सामान्यतया रेविज भएका बिरामी हावा पानीसँग डराउने, खान असहज मान्ने गर्छन भने कतिपय बिरामीको हात खुट्टा राम्रोसँग नचल्ने लक्ष्णहरु देखिन्छन् ।

रेविजबाट बच्न के गर्ने?

  • घरपालुवा जनावरलाई जथाभावी बाटोमा नछोड्ने ।
  • घरपालुवा जनावरलाई रेबिज विरुद्धको खोप लगाउने ।
  • त्यस्ता जनावरले टोेकेपछि साबुनपानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने ।
  • रेविज बिरुद्धको खोप लगाउने ।
  • कुकुरलाई नजिस्क्याउने । उसले खाना खाइरहेको र बच्चालाई दूध चुसाइरहेका बेला नचलाउने ।
  • कुकुरसँग कहिल्यै आँखा जुधाउनु हुँदैन ।
  • टोकेपछि १० दिनमा कुकुर मरेमा त्यो रेबिज नै हुने गरेकाले त्यसबारे सचेत हुने ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?