दसैँघरमा घटस्थापनासहित रोपियो जमरा

+
-

काठमाडौँ – नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । यसै अवसर पारेर आईतबार काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ ।

आइतबार बिहान दसैँ घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दसैँ घरमा घटस्थापना गरेका हुन् । घटस्थापनालाई दसैँको पहिलो दिनको रुपमा लिइन्छ ।

दसैँ घरमा सबैको दीर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै दीप, गणेश र कलशको पूजा गरी घटस्थापना गरी जमरा राखिएको गुरु अधिकारीले जानकारी दिएका छन् ।

हनुमानढोका दरबारमा आइतबार बिहान घटस्थापनाको क्रममा हर्ष बढाईँ गर्दै नेपाली सेनाको टुकडी। तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा दसैँघरमा घटस्थापना गरिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शंख, घण्टा र डमरु बजाएर दूर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।

घटस्थापनाको क्रममा मंगलधुन बजाउँदै कलाकार। तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्धीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।

घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?