
अ
+
अ
अ
-
काठमाडौँ – मुख्य शहरबाट नजिकै तर अझै पनि ग्रामीण परिवेश या जीवनशैलीसहितको बस्ती हो, ललितपुरको खोकना । तोरीको तेलका लागि ख्याती कमाएको खोकनामा अझै पनि खेतीपातीमा आधारिक जनजीविका कायम छ ।
मेलापात, खेतबारी यहाँका अधिकांश बासिन्दाको दैनिकी रहँदै आएको छ । चोक–चौतारीमा गफिँदै गरेका बुढापाका, ठिटा–तन्नेरी, खेल्दै गरेका बालबालिका देखिन्छन् ।
झ्यालबाट चियाउँदै गरेकी हजुरआमा, सन्तानलाई पिठ्युँमा बोकेर कामका लागि हिँड्दै गरेकी आमाहरुले खोकनालाई जीवन्त बनाएका छन् । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खोकना बासिन्दाको दैनिकीलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।