जनकपुरमा विवाह पञ्चमीको तयारी सुरु, यस वर्ष अयोध्याबाट जन्ती आउने

जनकपुरमा विवाह पञ्चमीको तयारी सुरु, यस वर्ष अयोध्याबाट जन्ती आउने
+
-

जनकपुरधाम– जानकी मन्दिरमा विवाह पञ्चमीको तयारी सुरु भएको छ। प्रत्येक वर्ष जनकपुरधामको जानकी मन्दिरमा सीता–राम विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ।

आगामी मंसिर १५ गतेकाे विवाहपञ्चमी महोत्सवलाई भव्य रुपमा मनाउनका लागि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा शनिबार १ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

प्रत्येक पाँच वर्षको अन्तरालमा भारतको अयोध्यावाट जन्ती आउने गरेकोले यस वर्ष अयोध्याबाट जन्ती आउने भएको छ। भारतबाट जन्ती आउने भएकाले भव्य तयारी गर्ने निर्णय गर्दै मेलालाई भव्य तथा व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ। उपसमितिलाई विभिन्न कामकाज गर्ने गरि अधिकार दिइएको छ।

सर्वपक्षीय बैठकवाट स्वागत सत्कार उपसमिति, भोजन तथा आवास उपसमिति, शान्तिसुरक्षा उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, सरसफाई उपसमिति, स्वास्थ्य उपसमिति, प्रचार–प्रसार उपसमिति पनि गठन गरिएको छ।

जनकपुरधाममा मनाउने धार्मिक उत्सव तथा महोत्सवहरुमा विवाह पञ्चमी सबैभन्दा ठूला महोत्सव भएकाले यो जनकपुरधामको मात्र नभई नेपालकै ठूलो धार्मिक महोत्सव भएकाले यसलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउनका लागि नेपाल सरकारसँग आग्रह गर्ने निर्णयसमेत भएको छ।

संघीय सरकारले यो दिन सार्वजनिक विदा नदिए पनि प्रदेश सरकार भने सार्वजनिक बिदा दिने गरेको छ।

विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छठौँ दिन सिता–राम स्वयंम्वर तथा विवाह महोत्सव र सातौँ दिन रामकलेवा गरी जन्तीको विदाई गरी विधिवत् रुपमा विवाह पञ्चमीको समापन गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?