जनकपुर गोलीकाण्डः प्रहरी भन्छ्, ‘लेनदेनको विवाद देखिन्छ’

जनकपुर गोलीकाण्डः प्रहरी भन्छ्, ‘लेनदेनको विवाद देखिन्छ’
+
-

काठमाडौँ – धनुषामा बुधबार बिहान गोली चल्दा एकजनाको मृत्यु भएको छ । पंकज चौधरीले चलाएको गोली लागेर मनोज साहको ज्यान गएको हो । प्रारम्भिक अनुसन्धानमा यो घटना लेनदेनसँग सम्बन्धित रहेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीका अनुसार गोली प्रहार गर्ने चौधरी र मृतक साह दुवैजना स्थानीय ठेकेदार हुन् । ‘लेनदेनको विवाद जस्तो देखिन्छ’, कार्कीले भने, ‘चौधरी पक्राउ परिसकेका छन् सोधपुछ हुँदैछ ।’

गोली प्रहार गरेर चौधरीलाई छिमेकीको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए । ‘घटनास्थल नजिकैको एकघरबाट चौधरीलाई समात्न सफल भएका छौँ, उनले भने, ‘अब थप कुरा अनुसन्धानपछि खुल्दै जाला ।’

चौधरीको साथबाट दुईवटा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

जनकपुरमा गोली चल्यो, एकजनाको मृत्यु

जनकपुरमा गोली चल्यो, एकजनाको मृत्यु

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’