छठ पर्व सुरु, आज ‘नहाई खाई’

छठ पर्व सुरु, आज ‘नहाई खाई’
+
-

जनकपुरधाम – तराई–मधेसको सबैभन्दा ठूलो पर्व छठ बिहीबारदेखि विधिवत रुपमा सुरु भएको छ। चार दिनसम्म मनाउने छठको पहिलो दिन बिहीबार जीउ शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय–खाए’ भनिन्छ ।

जनकपुरधामसहित तराई मधेसमा छठका व्रतालुहरु नुहाएर ‘अरबा अरबाईन’ खान्छन् । ‘मरुवा’ (कोदो), ‘मसोरोको दाल’ लगायत प्याज लसुन बिहीबारदेखि पर्व सम्पन्न नभएसम्म त्याग गर्नु पर्छ ।

छठका लागि घाटको सरसजावटमा स्थानीयहरु जुटेको छ । पोखरी, नदी, कुवा लगायतका स्थानलाई सिंगारिँदै छ । खास गरेर जनकपुरधाममा नेपालमै उत्कृष्ट छठ हुने भएकाले यहाँका पोखरीहरुलाई दुई हप्ता पहिलादेखि सजाउन थालिन्छ ।

त्यस्तै छठको दोस्रो दिन शुक्रबार दिनभर उपवास बसी राति खिर बनाई देउतालाई चढाएर व्रतालुहरु खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ । खरनामा ‘मीठा’ र चामलबाट बनेको खिरलाई चढाउने गरिन्छ ।

त्यस्तै छठको मूल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ । बिहानीको अर्घ्य दिएपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’