छठमा केराको अभाव, मुल्य आकाशियो

छठमा केराको अभाव, मुल्य आकाशियो
+
-

जनकपुरधाम – छठ पर्व बिहीबारदेखि सुरु भएको छ । बजारमा छठमा प्रयोग हुने फल केरा किन्नेहरुको भिड लागेको छ । छठ पर्वको मुख्य दिन शनिबार चाहिने केरा किन्नेहरुको भीड लागेको छ ।

तर यसपटक माग अनुसारको केराको आपूर्ति नहुँदा समस्या भएको छ । यसले गर्दा उपभोक्तहरु दोब्बर मूल्य तिरेर केरा किन्न बाध्य भएका छन् । छठ पर्वमा केरा महत्वपूर्ण फल हो ।

फलफुल मण्डीमा केरा किन्नका लागि पुगेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ का गुड्डू हाथीले पछिल्लो पटक केराको एक घरीको लागि ३५० रुपैयाँ तिरेकोमा अहिले ६०० रुपैयाँ तिर्नु परेको बताए ।

धनुषा जिल्लामा छठ पर्वको लागि चम्पा केरा, मिर्चमान केरा र गोपाल केरा आउने गर्दछ । तर यस पटक गएको वर्ष भन्दा करिब ५० प्रतिशतले केराको आयातमा कमी आएपछि केराको मूल्यमा वृद्धि भएको व्यवसायीले बताए ।

जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका निवर्तमान महासचिव रवीन्द्रकुमार साहले यसपटक केराको बजार मूल्य अत्याधिक बढेको स्वीकार गरेका छन् । उनका अनुसार बजारमा माग अनुसारको केराको आपूर्ति नहुँदा बजारमा केराको मूल्य बढेको हो ।

छठ पर्वकै लागि जनकपुरधाम लगायत धनुषाको अन्य मन्डीमा १ सय ५० ट्रक केराको माग रहेपनि यसवर्ष ८० ट्रक केरा मात्रै आयात भएको रवीन्द्रकुमार साहले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’