मंगलबारदेखि भोटेकोशीमा अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता

मंगलबारदेखि भोटेकोशीमा अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता
+
-

काठमाडौँ– आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ।

नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सीज् (नारा)को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको हो। नाराले शुक्रबार पत्रकार सम्मेलन गरी साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको र्‍याफ्टिङ तथा कायाक प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्षझैँ यसवर्ष पनि नाराले जलयात्रामार्फत मुलुकको पर्यटन प्रवर्द्धनका लागि कायाक र कर्पोरेट र्‍याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए। ‘प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायाक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागी गराएर एक विधामा समूहगत र्‍याफ्टिङ रेस प्रतियोगिता गर्नेछौँ’, उनले भने।

नाराका महासचिव शिशिर खनालले यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशी नदीमा र्‍याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लिएको उद्देश्य अनुरूप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवर्द्धन गर्न प्रतियोगिताले सहयोग पुग्ने महासचिव खनालले बताए।

कर्पोरेट र्‍याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टिमलाई ७५ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने नाराले जनाएको छ। र्‍याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख नगद, प्रशंसापत्र र मेडल, दोस्रो हुने समूहलाई ५० हजार रुपैयाँ प्रशंसापत्र र मेडल तथा तेस्रो हुने समूहलाई  २५ हजार रुपैयाँ नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ।

यस्तै कायाकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई पाँच हजार ५०० रुपैयाँ र स्वदेशी खेलाडीलाई तीन हजार रुपैयाँ लाग्नेछ । तीनै प्रकारका कायाकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराले जनाएको छ।

नाराले गतवर्ष लमजुङको मर्स्याङ्दी नदीमा कायाक तथा र्‍याफ्टिङ रेस प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ३०० खेलाडीको सहभागिता रहनेछ।

सन् २००२ बाट कायाक र र्‍याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता रहने सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै ६० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने नाराले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?