
जनकपुरधाम – सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत शुक्रबार चौथो दिन तिलकोत्सव मनाईँदै छ । यसका लागि लागि अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आउँदै छिन् ।
शुक्रबार रङभूमी मैदानमा एक कार्यक्रमका बिच राष्ट्रपति भण्डारी जन्तीलाई स्वागत गर्ने छिन् । त्यसपछि राष्ट्रपति भण्डारी सम्बोधन समेत गर्ने छिन् ।
जनकपुरधामको जानकी मन्दिरबाट तिलकोत्सबको लागि भार लिएर राम मन्दिर पुग्ने छन् । यहाँ जानकी मन्दिरका महन्त तपेश्वर दास र राम मन्दिरका महन्त राम गिरि अंकमाल गर्नेछन्, जसलाई समधी मिलान भनिन्छ ।