कैलाशडाँडामा दृश्यावलोकन स्तम्भ

कैलाशडाँडामा दृश्यावलोकन स्तम्भ
+
-

काठमाडौँ– सूर्यविनायक नगरपालिका -४ स्थित अनन्तलिङ्ग कैलाशडाँडामा सामुदायिक भवनसहित बहुआयामिक दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेत र प्रदेशसभा सदस्य शशीजङ्ग थापाले सोमबार दृश्यावलोकन स्तम्भको शिलान्यास गरेका हुन्।

प्रदेश नम्बर ३ भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालयले निर्माण गर्ने उक्त स्तम्भको शिलान्यास गरिएको हो । स्तम्भ निर्माणको पहिलो चरणमा रु ६२ लाख नौ हजार ८८२ को लागतमा आगामी २०७७ जेठ १३ गतेसम्म स्तम्भ निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । बयालीस फिट लम्बाइ, ४२ फिट चौडाइ तथा ४० फिट उचाइको टावर निर्माण गरिने भएको छ ।

कार्यक्रममा पूर्वमन्त्री बस्नेतले १० वटा घरवास सञ्चालन गर्नका लागि ब्ल्याङ्केट, डस्टबिन, ह्याङ्गर, डोरम्याट र सिरानी वितरण गरे। उनले स्तम्भ निर्माणपछि यो ठाउँ पर्यटकीय स्थलको रुपमा विकास हुने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?