
अ
+
अ
अ
-
काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडीवाज गौरिका सिंहले शुक्रबार महिलातर्फको २०० मिटर ‘व्याक स्ट्रोक’मा अर्को स्वर्णपदक जितेकी छन्।
गौरिकाले २ मिनेट ४१.२६ सेकेन्डको आफ्नै राष्ट्रिय कीर्तिमानमा २४ सेकेन्डको सुधार गर्दै २ मिनेट १७.७३ सेकेन्डमा उक्त दूरी पार गरेकी थिइन्।
गौरिकाले बिहीबार पौडीको २०० मिटर सिंगल इभेन्टमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्।
उक्त स्वर्ण दक्षिण एसियाली खेलकुदको पौडीमा नेपालको जितेको पहिलो स्वर्ण हो। बिहीबार भएको सिंगल इभेन्ट अन्तर्गत २०० मिटर फ्री स्टाइलमा गौरिकाले पहिलो स्वर्ण जितेकी थिइन्। गौरिकाले दक्षिण एसियाली खेलकुदका लागि १२ वटा स्पर्धामा प्रतिस्पर्धा गरिरहेकी छन्।