फेवा किनारमा सन्ध्या आरती (फोटो फिचर)

फेवा किनारमा सन्ध्या आरती (फोटो फिचर)
+
-

पोखरा– पर्यटकका लागि फेवाताल आकर्षण हो। फेवाताल मात्रै नभई तालबाराही मन्दिर र शीरको शान्ति स्तूपले पनि फेवाको आकर्षणलाई बढी चम्काएको छ।

बिडम्बना जब साँझ पर्दै जान्छ फेवा थाके झैं देखिन्छ। अध्याँरोले घेरेपछि मानिसको चहलपहल घट्छ। दिनभर तैरिने डुंगा किनारमा छेउ लगाएर बस्छन्।

साँझ पर्दा नपर्दै फेवा छिट्टै सुतेको यहाँ आउने अधिकांशका लागि खल्लाे लाग्छ। दिउँसो झै रातमा पनि फेवालाई जगाउनु पर्‍यो भन्ने माग यताकता सुनिदैँ आएको छ, तर योजना बनिसकेको छैन्। पर्यटकको संख्या थपिने हिउँदमै फेवा साँझ ६ बजेपछि सुत्छ।

यसैबीच धार्मिक पर्यटनसँग जोड्ने र केहीबेर भएपनि पर्यटकलाई अड्याने काम ‘माता तालबाराही आरती सेवा समिति’ले पछिल्लो एक वर्ष यता गर्दै आइरहेको छ।

०७५ असोज २४ गते घटनास्थापनाको अवसर पारेर समितिले सुरु गरेको सन्ध्या आरती कार्यक्रमले फेवालाई केही छिन भएपनि गुलजार बनाएको छ।

बिहान, दिउँसो डुंगा यात्रीका लागि राखिएका फलामे कुर्सी आरती दर्शन गर्न आउनेका लागि गज्जबको आसन बनेको छ। जाज्वल्यमान आरतीले बाराहीघाटको रौनक थपेको छ। संगीत सहितको आरतीले उपस्थित सबैलाई आध्यात्मिक बनाउँछ।

धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न पनि दैनिक आरती सञ्चालनले भरथेग गर्ने विश्वास लिएको सेवा समितिका अध्यक्ष गिरीधारी अधिकारी बताउँछन्। दैनिक सञ्चालनका लागि पुरोहितसहित सामग्रीको खर्च व्यवस्थापन समिति मार्फत हुँदै आएको छ।

समिति दाताबाट चल्दै आएको छ। अध्यक्ष अधिकारीका अनुसार दैनिक आरती सञ्चालनका लागि पाँच हजार बेंसी खर्च पर्छ। औसतमा दाताबाट त्यतिनै रकम उठ्छ। कुनैदिन कम पनि हुन्छ।

पोखराकै विन्ध्यवासिनी मन्दिरमा साताको एकपटक आरती हुन्छ। खर्च व्यवस्थापनमा समितिलाई अभाव नै परे पनि जेनतेन धानिरहेको अध्यक्ष अधिकारी सुनाउँछन्। मुक्तिनाथ यात्राका लागि पोखरा ट्रान्जिट बनाउने अधिकांश भारतीय पर्यटकका लागि आरतीले थप एकदिन अड्याएको उनको दाबी छ।

भन्छन्, ‘मुक्तिनाथ जाने धार्मिक पर्यटक थाहा पाएसम्म फेवाकिनारको आरती दर्शन नगरी जाँदैनन्। कोहीकोही आरती दर्शनकै लागि मात्रै पनि आएको बताउने भेटिन्छन्।’

नेपाल पर्यटन बोर्डले यसवर्ष सेवा समितिलाई २ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष अधिकारीले जानकारी दिए। दैनिक सञ्चालनका लागि दाताको मात्रै भर पर्नुभन्दा सरकारी क्षेत्रबाट थप सहयोगको अपेक्षा समितिले गरेको छ।

   
तस्बिरहरु: ईश्वर देवकोटा/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?