गुणकारी सुन्तलाको बोक्राका यी फाइदा तपाईँलाई थाहा छ?

गुणकारी सुन्तलाको बोक्राका यी फाइदा तपाईँलाई थाहा छ?
+
-

काठमाडौँ – चिसो मौसममा पारिलो घाममा बसेर सुन्तला खानुको मज्जा बेग्लै हुन्छ। सुन्तला खाँदा स्वास्थ्यलाई फाइदा गर्ने विज्ञहरुको बताएका छन्।

सुन्तलालाई ‘भिटामिन सी’ को भन्डार भन्दा पनि फरक नपर्ला। सुन्तला मन पराउने धेरैलाई थाहा नहुन सक्छ सुन्तला जत्तिकै गुनकारी छ, त्यसको बोक्रा पनि।

सुन्तला खाँदा धेरैले बोक्रा फाल्ने गरेको पाइन्छ। तर यसका बोक्राले मानिसलाई सुन्दर बनाउन मद्दत गर्छ।

अनुहार सुन्दर बनाउनका लागि कतिपय महिलालले सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको पाइन्छ। सुन्तलाको बोक्रा पिँधेर गुलाफ जल मिसाएर अनुहारमा नियमित रुपमा लगाउँदा अनुहारका दाग, धब्बा हट्छन्।

सुन्तलाको बोक्राले अनुहारलाई सुन्दर बनाउने मात्र नभएर यो कपालका लागि पनि उत्तिकै लाभदायी मानिन्छ।

यसले खस्रो कपाललाई सुन्दर, चम्किलो, स्ट्रेट बनाउनका लागि सहयोग गर्छ। बोक्रालाई पिँधेर लेदो बनाई कपालमा लगाएर केहीबेर सुक्न दिनुपर्छ र राम्रोसँग मज्जाले कपाल धुनुपर्छ। यसले कपाललाई चम्किलो तथा मुलायम बनाउन मद्दत गर्छ।

सुन्तलाको बोक्राको धुलोमा दही मिसाएर छालामा लगाउँदा छाल चम्किलो तथा नरम बन्छ।

त्यसैगरी उच्च रक्तचाप, कोलेस्ट्रोलको समस्या भएकाहरुका व्यक्तिहरुका लागि सुन्तलाको बोक्रा लाभदायी मानिन्छ ।

यसैगरी सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ। अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुका लागि यो फाइदाजनक मानिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?