स्वर्गद्धारीका कलिला वटुक

स्वर्गद्धारीका कलिला वटुक
+
-

दाङ – निधारमा सेतो चन्दन । रातो टीका । गेरु रंगको बस्त्रले शिर ढाकेका बालकहरु । लमही नगरपालिका–३ स्थित स्वर्गद्धारी आश्रममा सञ्चालन भएको शक्ति महायज्ञमा आउने श्रद्धालु भक्तजनको ध्यान यी कलिला बटुकले तान्ने गरेका छन् ।

स्वर्गद्धारी आश्रममा अध्ययनका लागी देशका विभिन्न जिल्लाबाट आएका बटुकहरु चिसो छल्न स्वर्गद्धारी झरेका हुन् । अहिले उनीहरु बनगाउँ आश्रममा चलेको महायज्ञको दैनिक पुजन कार्यमा सहभागी हुने गरेका छन् । स्वति वाचनदेखि अन्य पुण्य कार्यमा उनीहरुले भाग लिने गरेका छन् । महायज्ञको सजावटदेखि अन्य काममा समेत उनीहरुले साथ दिएका थिए ।

एक वर्षअघि स्वर्गद्धारी आश्रमका पिठाधिश स्वामी भागवतानन्द गिरीले सुरु गरेको अखण्ड यज्ञ सकिएपछि त्यसको सांगेता कर्न महायज्ञ आयोजना गरिएको हो ।

चैत १, २, ३ र ४ गते महायज्ञ गर्ने तयारी थियो । सरकारले धेरै मानिस जमघट हुने कार्यक्रमहरु नगर्न अनुरोध गरेपछि महायज्ञलाई संक्षिप्त पारिएको हो । आउदो चार गतेलाई विशेष पुजन कार्यक्रम राखिएको छ । कोरोनाको त्रासका कारण भारतीय भक्तजन आउने कार्यक्रम रोकिएको छ ।

स्वर्गद्धारी आश्रमका पिठाधिश स्वामी भागवतानन्द गिरीले एक वर्षको अवधीमा कठोर उपास्ना गरे । दैनिक १३ घण्टा उनले ध्यान, जप, पाठ, हवन गरेको आश्रमका प्रमुख प्रतिनिधि डाक्टर धुव्र श्रीले बताए । विश्व शान्तिको कामना गर्दै उनले गरेको कठोर तपस्या पूरा भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?