श्रीकृष्ण प्रणामी समिति तथा परिषदकाे सेवा

लकडाउनका पीडितलाई राहत सामग्री वितरण

लकडाउनका पीडितलाई राहत सामग्री वितरण
+
-

काठमाडौँ- श्रीकृष्ण प्रणामी सेवा समिति, श्रीकृष्ण प्रणामी युवा परिषद् र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले लकडाउनबाट पीडित अति बिपन्न परिवारलाई राहत सामाग्री वितरण गर्नुका साथै उनीहरुलाई खानाको व्यवस्था गर्न थालेको छ।

मुलुक कोरोना भाइरसका कारण संकटमा परेका बेला यी संस्थाहरुले लकडाउन पीडित तथा विभिन्न पशुपंक्षीहरुका लागि राहत सामाग्री वितरण गर्नुका साथै उनीहरुलाई खानाको व्यवस्था गरेको हो।

साथै स्थानिय सरकारको राहत कोषमा आफ्ना देशभर रहेका सबै इकाइमार्फत आर्थिक सहयोग रकम जम्मा गर्ने र सम्वन्धित वडा समितमार्फत जिन्सी सहयोग वितरण गर्ने काम पनि यी संस्थाले जारी राखेका छन्।

श्रीकृष्ण प्रणामी समाजबाट स्थानिय नगरपालीकामा विभिन्न क्षेत्रबाट आर्थिक तथा खाद्यान्न सहयोग गरेको प्रणामी प्रतिष्ठानले जनाएको छ। श्रीकृष्ण प्रणामी युवा परिषद विराटनगरले अति बिपन्न बर्गलाई एक महिनादेखी नियमितरुपमा खाना खुवाइरहेको छ।

यस्तै सडकमा रहेका गाई, कुकुर, परेवा र स्वयम्भु, पशपतिनाथ, गुइहेश्वरीका जंगलमा रहेका बाँदरहरुलाई खाना खुवाउने काम पनि यी संस्थाहरुले गरिरहेका छन्।

विभिन्न बृद्धाश्रमहरुमा रहेका बृद्धबृद्धाहरुको स्वास्थ अवस्था बुझ्ने र उनीहरुलाई खानाको व्यवस्था समेत गरेका छन्।

राहत र सहयोगलाई ब्यवस्थित गर्न सेवा समितिका अध्यक्ष श्याम केसीको संयोजकत्वमा भोलानाथ दाहाल, नमराज ढकाल, शारदा शर्मा,मात्रिका प्याकुरेल र सुनिता भट्टराई समेतको केन्द्रिय समन्वय समिति गठन गरिएको छ।  यसैगरी जिल्लाहरुमा समेत तीनै वटा संस्थाहरुको सहयोग समिति गठन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?