सितिमिति भावुक नहुने महावीर पुन पनि भावुक बने

सितिमिति भावुक नहुने महावीर पुन पनि भावुक बने
+
-

नेपाली वैज्ञानिक महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई दक्षिण कोरियामा कार्यरत एक युवकले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

उनले दुई लाख रुपैयाँ सहयोग गर्न चाहे पनि आफूले एक लाख मात्रै बुुझ्न मानेको वैज्ञानिक पुनले बताएका छन् ।

कोरियामा कार्यरत ती युवकको नेपालप्रेम देखेर आफू भावुक भएको वैज्ञानिक पुनले बताएका छन् । पुनले सहयोगी ती व्यक्तिको परिचय भने खुलाएका छैनन् । उनले सामाजिक सञ्जालमा एक भावुक पोष्ट शेयर गरेका छन् ।

यस्तो छ उनले फेसबुकमा राखेको स्टाटस

सितिमिति भावुभ नहुने म आज बिहानै एक छिन भाबुक बनेँ कारण पढ्नुहोस्

एक जना भाइले दक्षिण कोरियाबाट बिहानै फोन गरेर राष्ट्रिय आविष्कार केन्द्रको खाता नम्बर मागे र कोरोनाको लागी २ लाख रुपैंया पठाई दिन्छु भने ।

मैले ‘तिमीले दुःख गरेर कमाएको पैसा दान गर्ने नै हो भने अलिकति पैसा दान गर, त्यति धेरै पैसा नपठाउ, बरु तिम्रो परीवारलाई पठाई देउ’ भनेर भने। उनले मरो परिवार छैन भने। अनि मैले ‘तिम्रो बाबा आमालाई पठाई देउ न त’ भनेर सम्झाएँ। उनले यसो भने, ‘बाबा ता मैले देखे कै होइन, आमाले पालेकी हुन् र उनी पनि स्वर्गमा छिन्। मेरो आमा भने कै नेपाल आमा हुन् र आमालाई दुःख परेको बेलामा यति सानै रकम भए पनि दान गर्न चाहन्छु।’

मैले ति भाइलाई विभिन्न तरिकाले सम्झाई बुझाई गर्दै यसो भने, ‘एक लाख मात्र दान गर र त्यो भन्दा बढी नगर, बरु सके जति पैसा बचाउ र देशमा नै आएर केहि गर ।’ धेरै नै सम्झाए पछि उनले एक लाख रुपैयाँ मात्र दान गर्न माने।

ति भाइले जिन्दगीमा धेरै दुःख पाएको र हण्डर खाएको अनुमान गर्न सकिन्छ। त्यसै कारणले नै म एकछिन भावुक बनेको हो किन भने मैले पनि जिन्दगीमा मैले धेरै नै हण्डर र ठक्करहरु पाएको छु र जस्तो सुकै परिस्थितिमा पनि सितिमिति म भाबुक र बिचलित हुँदै हुँदैन।

कसैको पनि हण्डर र ठक्कर नखाएको जिन्दगी कुनै जिन्दगी नै होइन भन्ने मान्यता राख्छु मैले र यो एकदमै सत्य कुरा हो। कसैले फेरि व्यंग र हाँसो नगर्नु होला। धन्यबाद ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?