ट्वीटरका कर्मचारीले सधैँ घरबाटै काम गर्न पाउने

ट्वीटरका कर्मचारीले सधैँ घरबाटै काम गर्न पाउने
+
-

सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कामदारलाई कोरोना भाइरसको महामारीका बेला मात्रै नभएर त्यसपछि पनि घरबाटै काम गर्न सक्ने विकल्प दिने भएको छ ।

अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्वीटरका झण्डै पाँच हजार कर्मचारीले मार्चको सुरु देखि नै घरबाट काम गर्दै आएका छन् ।

घरबाट हुँदै आएको काम अति राम्रो भएकाले कामको प्रकृतिले भ्याउनेहरुलाई महामारीपछि पनि घरबाटै काम गर्ने विकल्प खुला रहने ट्वीटरले जनाएको हो ।

ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्याक डोर्सीले कर्मचारीलाई गरेको इमेलमा भनिएको छ, ‘पछिल्लो केही महिनाको काम हेर्दा हामीले घरबाटै पनि राम्रो काम गर्न सकिने प्रमाणित भएको छ । त्यसैले सधैँका लागि घरबाटै काम गर्न सक्ने व्यवस्था पनि हामीले गरेका छौँ ।’

स्थायी रुपमा घरबाट काम गर्न नमिल्ने कर्मचारीका लागि यो वर्षको अन्त्यसम्ममा कार्यालय खुला गर्ने उनले उल्लेख गरेका छन् । ट्वीटरको कार्यालय चाँडोमा आउँदो सेप्टेम्बरमा मात्रै खुल्ने उनले स्पष्ट पारेका छन् ।

नयाँ दिल्ली, लण्डन, सिंगापुर गरी विश्वभर ट्वीटरका ३५ कार्यालय छन् । फेसबुक र गुगलसहितका कम्पनीहरुले पनि आफ्ना धेरै कर्मचारीलाई यो वर्षभर घरबाटै काम गर्न सक्ने अनुमति दिएको छ ।

यो पनि पढ्नुहोस्

ट्वीटरका प्रमुखले दिने भए एक अर्ब अमेरिकी डलर

ट्वीटरका प्रमुखले दिने भए एक अर्ब अमेरिकी डलर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?